logo
२०८१ बैशाख ८ शनिवार



"फूल झैं फूलेको मेरो जिन्दगी" गीत सार्बजनिक

मनोरञ्जन |


"फूल झैं फूलेको मेरो जिन्दगी" गीत सार्बजनिक


गोरखापत्र अनलाइन

काठमाडौं, कात्तिक ४ गते । मंसिर १३ गतेबाट देशभर प्रदर्शनमा आउने लागेको नेपाली कथानक चलचित्र ‘मखमली मखमली’को  "फुल भैं फुलेको मेरो जिन्दगी" गीत सार्बजनिक गरिएको छ । गीतकार सावित्रा चिलवालको शब्द तथा संगीत रहेको गीतमा चर्चित गायक प्रमोद खरेलको आवाज रहेको छ ।

मखमली मखमलीको कथासँगै गीत पनि निर्माता सावित्रा चिलुवालले नै लेख्रनु भएको हो । फिल्ममा जयकिशन र शुभेच्छासँगै सारदा गिरी (कालीबुढी), परी तामाङ, मायाँ तामाङ, सावित्रा चिलुवाल, सविन बास्तोलसहितको अभिनय छ ।

बसन्त सापकोटा, बाबुल गिरी र सावित्रा चिलुवालको संगीत, रामजी लामिछाने र अनिल राईको नृत्य निर्देशन, बिनोद बमको सम्पादन र रामेश्वर हुमागाईको छायाँकन रहेको फिल्म राजु गिरीले निर्देशन गरेका हुन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?