logo
२०८१ बैशाख १२ बुधवार



चलचित्रकर्मीहरुको रोजाइमा अनिता

मनोरञ्जन |


चलचित्रकर्मीहरुको रोजाइमा अनिता


काठमाडौँ, असाेज २८ गते । चलचित्र तथा मोडलिङ क्षेत्रमा ब्यस्त बन्दै गरेकी मोडल र नायिका अनिता गिरी अहिले चलचित्रकर्मीहरुको रोजाइमा परेकी छिन् ।

चलचित्र तथा मोडलिङको भिडमा स्थापित गराउन सिने जगतमा आफ्नो भबिष्य बनाउने योजनाको साथमा अगाडी बढ्दै गरेकी नायिका गिरीले दर्जनौ फेसन सोहरुमा आफ्नो कला कौसल प्रदर्शन गरि सकेकी छिन् ।

सुन्दर मुहार र आकर्षक शरीरको धनी रहेकी गिरीकाे चिटिक्क मिलेको शरीर अनि सुन्दर मुहारनै उनी प्रतिको आकर्षण हो ।

खोटागंको सिम्पानीमा जन्मेर काठमाडौँलाइ कर्मथलो बनाएकी उनले राम्रो चलचित्र, म्युजिक भिडियो अफर आएमा अभिनय गर्न तयार रहेको बताउँछिन् ।

सानै उमेर देखि मोडल तथा नायिका बन्ने सोच र रुचि राख्ने अनिता गिरि अभिनयमा पोख्त छिन । अनिताले भनिन्, अब चलचित्र र मोडलिङमै क्यारिअर बनाएर स्थापित हुन्छु र यहि क्षेत्रमा आफ्नो ट्यालेन्ट, क्षमता प्रदर्शन गरेर आफ्नो छुट्टै पहिचान बनाउँछु ।

 

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?