logo
२०८० चैत्र १५ बिहीवार



भाइरल ‘तरकारीवाली’ म्युजिक भिडियोमा

मनोरञ्जन |


भाइरल ‘तरकारीवाली’ म्युजिक भिडियोमा


काठमाडौं, असोज २७ गते – सामाजिक सञ्जालमा तरकारीवालीको रुपमा भाइरल हुनुभएकि कुसुम श्रेष्ठ अभिनित पहिलो म्युजिक भिडियो ‘कान्छा कान्छी’ सार्वजनिक भएको छ । युट्युव मार्फत सार्वजनिक भिडियोमा कुसुम आरएल मोक्तानसँग देखिनुभएको छ ।
भिडियोमा प्रेम गर्ने मायालुले आफ्नो मायालाई छोडेर टाढा जाँदैन भन्ने कथा बुनिएको छ । मकवानपुरको सिस्नेरी, कुलेखानी आसपसमा छायाँकन भएको भिडियो निकै आकर्षक रहेको दाबी गरिएको छ । उक्त भिडियोको निर्देशन पनि आरएल मोक्तनले गर्नुभएको छ ।
लोक शैलीमा तयार भएको गीतमा निर्देशक मोक्तानकै शब्द, बिकाश चौधरीको संगीत रहेको छ । गीतमा विकाश चौधरी र चन्दा घिसिङको स्वर छ । विक्रम कार्की टिमको छायाँकन रहेको गीत कृष्ण पाण्डेले सम्पादन गरेका हुन् ।
भाइरल भएपछि कुसुमले लम्फु नामक एक फिल्म अभिनय गरेकी थिइन् । तर उक्त फिल्मबाट कुसुम श्रेष्ठ चर्चा बटुल्न सक्नुभएन । म्युजिक भिडियोले आफुलाई राम्रो चर्चा दिलाउने उहाँले बताउनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?