logo
२०८० चैत्र १६ शुक्रवार



‘ह्याप्पी तिहार’ बोलको गीत सार्वजनिक

मनोरञ्जन |


‘ह्याप्पी तिहार’ बोलको गीत सार्वजनिक


गोरखापत्र समाचारदाता
काठमाडौं, असोज २७ गते । तीजको गीत ‘हामी पनि नाच्नु पर्छ विच्च विच्चमा’ बाट चर्चित गायक दुर्गेश थापाले तिहारलाई लक्ष्छित गदै ‘ह्याप्पी तिहार’ बोलको गीत सार्वजनिक भएको छ ।

सामाजिक सञ्जाल युटयुबबाट सार्वजनिक भएको गीत चार दिनमा आठ लाख ८१ हजार २१० हेरिसकेको छ ३० हजार भन्दा बढीले मन पराइसकेको छ ।

डि.पि खनाल र दुर्गेश थापाको शब्द रहेको उक्त गीतमा गायकको नै सङ्गीत रहेको छ । तिहारका भावहरु समावेश गरिएको सो गीतमा दैसी र भैलौलाई पनि समेतिएको छ ।

दुर्गेश थापा , बिकास लामिछाने , रुद्र बोहोरा , अर्जुन गौतम , सुवास लामा , अनुप केसीको अभिनय रहेको उक्त गीतको भिडियो नवराज उप्रेतीले छायाँकन गर्नुभएको हो ।

शिव बि.कको निर्देशन तथा कोरियोग्राफीमा तयार भएको उक्त गीतको भिडियोलाई बिकास ज्ञवालीले सम्पादन गर्नुभएको हो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?