logo
२०८१ बैशाख १३ बिहीवार



चौथो काठमाडौं सर्ट फिल्म फेष्टा सम्पन्न

मनोरञ्जन |


चौथो काठमाडौं सर्ट फिल्म फेष्टा सम्पन्न


कठमाडाैं असोज ८ गते । छायाँछवि क्रियशनले आयोजना गरेको चौंथो काठमाण्डू सर्ट फिल्म फेष्टा हालै सम्पन्न भएको छ । फेष्टामा फिक्सनतर्फ शुभाष गजुरेल निर्देपशत लघु चलचित्र मधुमलतीको कथा उत्कृष्ट भएको छ । डकुमेन्ट्री तर्फ भने दयाराम घिमिरे निर्देशित ‘जोगी’ उत्कृष्ट भएको छ । मधुमालतीको कथा प्रसिद्ध साहित्यकार रमेश विकलको वाल मनोविज्ञानमा आधारित कथा हो भने ‘जोगीमा रातीराती फेरी लगाउँदै हिड्ने जोगीहरूको दैनिक यात्रालाई समेटिएको छ ।
यस्तै फेष्टामा परिच्छेद सेन निर्देशित ‘मदर’ले जुरी अवार्ड पाएको छ । यस्तै मानबहादुर बस्नेत निर्देशित ‘हलो’लाई वेष्ट कन्सेप्ट÷स्क्रीप्ट सर्ट फिल्मको अवार्ड प्रदान गरिने भएको छ । यस्तै दीपक थापा निर्देशित डकुमेन्ट्री श्री गुप्तेश्वर महादेव गुफाले पब्लिक च्वाइस अवार्ड हात पारेको छ ।
यस्तै शेखर खनाल निर्देशित विश्वकै होचा व्यक्तिको रुपमा गीनिज वल्र्ड रेकर्डस्मा नाम लेखाउन सफल खगेन्द्र थापा मगरको जीवनीमा आधारित सगरमाथाको प्रतिविम्ब दि स्याडो अफ माण्ट एभेरेष्टले बायोपीक डकुमेन्ट्रीको अवार्ड पाएको छ ।
फेष्टामा हेम प्रभाष निर्देशित ‘द माक्स र पनाह अधिकारी निर्देशित आमा’लाई इन्करेजमेन्ट अवार्ड प्रदान गरिने भएको छ । फेष्टामा वरिष्ठ लेखक तथा निर्देशक मोहन निरौला निर्णायक संयोजक तथा संगीतकार एवं समिक्षक सन्तोष श्रेष्ठ र रंग पत्रकार÷समिक्षक गीता अधिकारी निर्णायक रहेका थिए ।
यी सबै उत्कृष्ट बन्न सफल सर्ट फिल्म एवं डकुमेन्ट्रीलाई दशैं–तिहारको बीच आयोजना हुने एक समारोहका विच अवार्ड प्रदान गरिने छायाँछविले बताएको छ ।
पछिल्लो समय छोटा चलचित्र निर्माण बढ्दो छ । खासगरी फिल्म अध्ययन सम्बन्धी इस्टिच्यूट एवं कलेज खुले यता छोटा चलचित्रले पनि चलचित्रको बजार बनाउन भूमिका खेलिरहेका छन् । बढ्दो निर्माण र तिनीहरुलाई प्रोत्साहन मिलोस उचित स्थान पाउन सकुन भनेर यसरी छोटा चलचित्रको मेला एवं प्रतिस्पर्धा गराउन थालेको छायाँछवि क्रियशनका अध्यक्ष शान्तिप्रियले बताएका छन् । चलचित्रको व्यापार डगमगाइरहने अवस्थामा छोटा चलचित्रबाट चलचित्रको नयाँ बजार स्थापित गर्न सकिने उद्देश्य रहेको पनि अध्यक्ष प्रियले बताए ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?