logo
२०८१ बैशाख ८ शनिवार



वीषखेला पर्व लोप हुँदै

मनोरञ्जन |


वीषखेला पर्व लोप हुँदै


विष्णुप्रसाद पोखरेल
दमक, असोज ७ गते । झापा बा¥हदशी गाउँपालिकाका सन्थाल वृद्ध बाबुलाल टुडु स्थानीय क्षेत्रमा वीष झार्ने र तन्त्रमन्त्र जानेको ब्यक्तिको रुमपा परिचित हुनुहुन्छ ।

पहिला सतारहरुले वीषखेलालाई पर्वको रुपमा नै मनाएको उहाँलाई सम्झना रहेको छ । तर अहिले पर्व तथा खेल हराउँदै गएकोमा उहाँलाई चिन्ता लागेको छ ।

नागपञ्चमीका दिनपछि र दशैँअघि यो खेल खेल्ने चलन रहेको टुडु बताउनुहुन्छ । गरिने यो खेल खेल्न लागि खेल मैदानको बीच भागमा प्राकृतिक बीष लागेको मानिसलाई राखिन्छ ।

पहिलापहिला वीष नै राखेर समेत यस्तो खेला हुँदै आएकोमा अहिले भने त्यस्तो नरहेको सतार बुढापाकाहरु बताउँछन् ।

खेल मैदान वरिपरी १० देखि १५ वटा समूहमा रहेका मन्त्र सिकेका समूहले मन्त्र मार्फत बाजागाजासहित आफूतिर वीष लागेको मानिसलाई तान्ने प्रयास गर्छन् ।

यसरी जसले आफूतिर तानेर जसले वीष झार्न सक्छ । त्यो समूह वा समूहका धामी विजेता बन्छ । त्यसलाई गाउँको सबैभन्दा बढि वीष झार्न सक्ने ब्यक्तिको रुपमा सम्मान गरिन्छ ।

यो सतारहरुको मौलिक परम्परा र संस्कार रहेको बताइन्छ । झापाको बा¥हदशीमा १० वर्षपछि यो खेला केहीदिन अघि भएको जनाईएको छ । अन्यत्र यो खेला हराइसकेको पनि सन्थाल अगुवा ताला मर्डिले बताउनुहुन्छ ।

‘यो त संस्कार र संस्कृति हो तर हराइसक्यो, तन्त्रमन्त्रमा विश्वास नगरे पनि यो त हाम्रो परम्परा हो नि ।’ उहाँले भन्नुभयो ।

वि.सं. २०६८ सालको जनगणना अनुसार नेपालमा ५१ हजार ७ सय ३५ जनसंख्या रहेको सन्थाल जातिलाई सतार पनि भन्ने गरिएको हो । यसलाई सिमान्तकृत जातिको रुपमा पनि हेरिने गरेको छ ।

उनीहरुको मौलिक संस्कार र संस्कृतिहरु हराउँदै गएका छन् । १२ वटा थर रहेको यो जातिले बाउबाजेबाट वीष झार्ने मन्त्र ५ वर्षसम्म सिक्ने परम्परा रहेको जनाइन्छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?