logo
२०८० चैत्र १६ शुक्रवार



‘नेपाल फिल्म क्याम्पस’ सञ्चालनमा

मनोरञ्जन |


‘नेपाल फिल्म क्याम्पस’ सञ्चालनमा


गोरखापत्र अनलाइन 

काठमाडौं, भदौ ३० गते । चलचित्र अध्ययनमा विद्यार्थीको चासो बढ्दै गएपछि चलचित्रमा चार वर्षीय स्नातक अध्ययनका लागि ‘नेपाल फिल्म क्याम्पस’ सञ्चालनमा आएको छ । त्रिभुवन विश्व विद्यालयबाट सम्बन्धन प्राप्त गरी यसै शैक्षिक सत्रबाट अध्ययन सुरु गरिने जनाइएको छ ।

यसअघि नेपालमा ओस्कार फिल्म कलेज सञ्चालनमा थियो । क्याम्पसका प्रिन्सिपल शिशिर उप्रेतीका अनुसार, कलेजले फिल्म अध्ययनका लागि विद्यार्थी भर्ना सुरु गरेको छ । दक्षिण भारतसहित अन्य देशका विद्यार्थीलाई समेत लक्षित गरेर क्याम्पस सञ्चालनमा ल्याइएको हो ।

कलेजले चलचित्र लेखन/निर्देशन, दृष्य सम्पादन, छायाँकन, अभिनयसम्बन्धी पाँच विषयमा स्नातक गराउने जनाइएको छ । अग्रज छायाँकार मञ्जुकुमार श्रेष्ठले अन्तराष्ट्रिय स्तरको फिल्म क्याम्पस नेपालमा स्थापना हुनु खुसीको खबर भएको बताउनुभयो ।

चलचित्र विकास बोर्डका अध्यक्ष केशब भट्टराईले नेपाली चलचित्र क्षेत्रको विकासमा गुणस्तरीय र दक्ष जनशक्ति उत्पादनमा कलेजलाई सफलता मिलोस् भन्ने शुभकामना दिनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?