logo
२०८० चैत्र १६ शुक्रवार



मिस गुरुङ इन्टरनेशनल बीनु गुरुङलाई

मनोरञ्जन |


मिस गुरुङ इन्टरनेशनल बीनु गुरुङलाई



गोरखापत्र अनलाइन
काठमाडौं, भदौ २९ गते । मिस गुरुङ इन्टरनेशनल सिजन – ३ को उपाधि तनहुँ जिल्लाकी बीनु गुरुङले जित्नुभएको छ ।

काठमाडौंमा भएको प्रतिस्पर्धामा १४ प्रतिस्पर्धीलाई पाखा लगाउँदै उहाँ सफल हुनुभएको हो ।

त्यस्तै फस्ट रनअरअपको उपाधि ओसिन गुरुङले हात पार्नुभयो भने सेकेन्ड रनअरअप अन्जु गुरुङ हुनुभयो ।

मल्टिमिडियाको उपाधि मेरिजन गुरुङले बाजी मार्दा अर्गनाइजर्स च्वाइस उपाधि जित्न गीता गुरुङ सफल हुनुभयो ।

विजेता बीनुले यामाहाको स्कुटरसँगै अन्य आकर्षक उपहार प्राप्त गर्नुभयो । इटहरी, चितवन, कावासोती, बुटवल, पोखरा र काठमाडौंमा गरी डेढसय प्रतियोगीले छनोट चरणमा भाग लिनुभएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?