logo
२०८१ बैशाख ७ शुक्रवार



राष्ट्रिय चलचित्र कन्फरेन्स शुरू 

मनोरञ्जन |


राष्ट्रिय चलचित्र कन्फरेन्स शुरू 


गोरखापत्र समाचारदाता

काठमाडौं, भदौं २६ गते । नेपाली चलचित्रले वर्तमानमा भोलिरहेको समस्या र तिनको निकासका लागि बौद्धिक छलफल गर्ने उद्देश्यसहित आयोजित तीन दिने ‘राष्ट्रिय चलचित्र कन्फरेन्स’ बिहीबारदेखि राजधानीमा सुरु भएको छ । कन्फरेन्सको उद्घाटन चलचित्र विकास बोर्डका अध्यक्ष केशव भट्टराईले गर्नुभयो ।

मानव अधिकार चलचित्र केन्द्रद्वारा नेपालमा पहिलोपटक आयोजित कन्फरेन्समा नेपालमा चलचित्र निर्माण, नेपाली चलचित्रको विभिन्न विषयको चित्रण, तिनको प्रभावबारे अध्येताहरूले लेखेका विभिन्न कार्यपत्रको प्रस्तुति, ती कार्यपत्रमाथि छलफल तथा फिल्म क्षेत्रका जल्दाबल्दा विषयमा छलफल हुने जनाइएको छ ।

शुक्रबार सम्झना वाग्लेले पञ्चायत, प्रजातन्त्र र गणन्त्रमा नेपाली सिनेमामा महिला सहभागिताबारे कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । नेपाली चलचिमा विविधताको खोजी प्यानल छलफलमा विश्लेषक सोमत घिमिरे, निर्देशक दिपेन्द्र के खनाल, निर्माता तथा कलाकार दिपकराज गिरी र अभिनेत्री लक्ष्मी वर्देवाले भाग लिनुभएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?