logo
२०८१ बैशाख ८ शनिवार



‘दिल भित्र’ को भिडियो सार्वजनिक

मनोरञ्जन |


‘दिल भित्र’ को भिडियो सार्वजनिक


गोरखापत्र समाचारदाता

काठमाडौँ, भदौ २६ गते । किरण केसी र अस्मिता चौलागाईँको स्वरमा लोकदोहोरी गीत ‘दिल भित्र’ को भिडियो सार्वजनिक गरिएको छ । पछिल्लो समय एउटा गीत र भिडियो सार्वजनिक गर्ने क्रम बढ्दो छ । अडियो र सीडी एल्वमको ब्यापार शून्यजस्तै भएपछि एउटा गीत सार्वजनिक गर्ने क्रम सुरु भएको हो ।

किरण–अस्मिताको गीतमा मायालु जोडीको प्रेम भावहरु समेटिएको छ । गीतमा राजु विरहीको शब्द तथा लय सिर्जना रहेकोे छ । भिडियोको निर्देशन विक्रम चौहान, छायाङ्कन प्रकाश खड्का र सम्पादन लक्ष्मण चौहानको रहेको छ । गीतमा राजु विरही र अनु पराजुलीको अभिनय तथा नृत्य रहेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?