logo
२०८१ बैशाख ८ शनिवार



बेनिलि मोडल हन्ट आउँदो शनिबार हुने

मनोरञ्जन |


बेनिलि मोडल हन्ट आउँदो शनिबार हुने


गोरखापत्र अनलाइन
काठमाडौं, भदौ २४ गते । मोडलिङ सम्बन्धी 'बेनिलि मोडल हन्ट' प्रतियोगिता आउँदो शनिबार होटल सोल्टी क्राउन प्लाजामा हुँदैछ ।

देशभरबाट छानिएका ५५ जना युवायुवतीले प्रतियोगितामा प्रतिस्पर्धा गर्ने आयोजक संस्था नेक्स्ट मोडल्स नेपालका अध्यक्ष रवि धमलाले बताउनुभयो ।

प्रतियोगीको प्रतिभा निखार्न अभिनेत्री तथा मोडल परमिता राज्यलक्ष्मी राणा, रोजिन शाक्य, थेन्डुप शेर्पा, बनिसा मुल्मी श्रेष्ठ, निश्चल श्रेष्ठलगायतले आ–आफ्नो भूमिका निर्वाह गर्नुभएको छ ।

युवायुवतीको व्यक्तित्व विकास, आत्मविश्वास अभिवृद्धि, क्षमता उजागर र नेतृत्वदायी क्षमताको विकास गर्नेलगायतका उद्देश्यले आयोजना हुँदै आएको छ ।

विगत पाँच वर्षदेखि नियमित आयोजना हुँदै आएको प्रतियोगितामा एक महिला र एक पुरुष शीर्ष विजेता घोषित हुनेछ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?