logo
२०८१ बैशाख ११ मंगलवार



फरक पहिचान, समान चाहना, लैङ्गिक अल्पसंख्यकको तीज

मनोरञ्जन |


फरक पहिचान, समान चाहना, लैङ्गिक अल्पसंख्यकको तीज



यलु जोशी
काठमाडौं, भदौ १६ गते । आफू नै सबै भन्दा राम्री बन्छु तीजमा छमछमी नाच्ने हो तेस्रो लिङी रविना तामाङले भन्नुभयो । नील हीरा समाजले विगत १५ वर्षदेखि मनाउन थालेको र यस वर्ष पनि तीजको कार्यक्रम गरेको थियो ।

यौनिक तथा लैङ्गिल अल्पसंख्यकहरूको महासंघ नेपाल, नील हीरा समाज र क्रुजएड्स नेपालको संयुक्त आयोजनामा तीज विशेष कार्यक्रममा आफ्नो दुःख वेदना बिर्सेर सबै नाचिरहेको थियो । हामी पनि तीजको व्रत बस्न पाउनुपर्छ यसलाई मनाउन पाउनुपर्छ नील हीरा समाजका अध्यक्ष पिङकी गुरुङले भन्नुभयो, यो नारीहरुको चाड हो त्यसैले यसलाई हामीले पनि मनाउन पाउनुपर्छ ।

यो पर्व भनेको दुख वेदना साटासाट गरि मनाउने हो उहाँले थप्नुभयो, हामीले पनि यहि पर्व मनाउन खोच्दा लैङीगताको आधारमा विभेद गथ्र्यो । लुकी लुकी नाच्न जादाँ यो केटाहरूको पर्व होइन, महिलाको अनुभुति गरेर पर्व मनाउन जादाँ महिला दिदी बहिनीले अवहेलना गथ्र्यो ।


गुरुङले तेस्रो लिङ्गी माथि हुने विभेदको कुनै पनि पर्व हँुदैन त्यसैले यो पर्वको माध्येमबाट नै हामीलाई गरिने विभेदलाई प्रस्तुत गर्न खोजेको जानकारी दिदै जसरी एउटा महिलाले सुन्दर र सक्षम पति पाउँ भनेर व्रत वस्छ भने विवाहितले श्रीमानको सुस्वास्थ्य, आयु लामो होस भनेर व्रत बस्छ हामीले अहिलेसम्म पनि जीवन साथी पाउने अधिकार पाएका छैनौं ।

हामीले कहिलेसम्म सुन्दर पति पाउँ भनेर व्रत मात्र बस्ने त कानुनले पति पाउने अधिकार कहिले दिन्छ ? उहाँको प्रश्न छ । यस प्रकारको परिवर्तको लागि पनि यस्ता कार्यक्रमको आयोजना गर्ने प्रष्ट पार्नुभयो ।

एउटा महिलाले पुरुषलाई श्रीमानको रुपमा पाउँछ हामी तेस्रो लिङी र समलिङीले पनि आफ्नो जीवन साथी पाउनुपर्छ । राज्यले सम्वन्धमाथिको अधिकार कहिले दिने त । गुरुङले थप्नुभयो, राज्यलाई जागरुक गर्नको लागि यस प्रकारको कार्यक्रमा गर्दे आएका छौ ।

उहाँले कोही साथीहरूले व्रत बस्नु भएको जानकारी दिदै तीनसय जनाको बीचको यो पर्व मनाउने बताउनुभयो ।

 

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?