logo
२०८१ बैशाख ८ शनिवार



मायाको नाकाबन्दी सार्वजनिक

मनोरञ्जन |


मायाको नाकाबन्दी सार्वजनिक


 

गोरखापत्र समाचारदाता
काठमाडौँ, भदौ १४ गते । विदेशमा रहेर गीत, गजल र कविता लेखनमा सक्रिय आचार्य प्रभाको तेस्रो कृति गीतसङ्ग्रह ‘मायाको नाकाबन्दी’ शनिबार राजधानीमा सार्वजनिक गरिएको छ । बरिष्ठ गीतकार रत्नशमशेर थापा, दिनेश अधिकारी, चुडामणी देवकोटा, राजेन्द्र थापा, प्रकाश सायमीलगायतले कृति सार्वजनिक गर्नुभएको हो ।
गीतकार सङ्घ नेपालद्वारा आयोजित कार्यक्रममा बरिष्ठ गीतकार रत्नशमशेर थापाले आधुनिक कविताभन्दा गीत लेख्न निकै कठिन हुने बताउनुभयो । उहाँले भन्नुभयो, “साहित्यको अभिन्न अंग हो गीत, जसको आफ्नै रंग रुप र छन्द हुन्छ ।”
कार्यक्रममा प्रकाश सायमी, चुडामणी देवकोटा, राजेन्द्र थापा, शुशीला पौडेल, दिनेश अधिकारी, माया ठकुरीलगायतले गीतकार तथा कवि आचार्य प्रभाको लेखन र सिर्जनाबारे चर्चा गर्नुभएको थियो ।
आधा दर्जनजति साहित्यिक संस्थाहरुमा सक्रिय आचार्य प्रभाका तिम्रो पर्खाइमा, ड्रिम्स, ईश्वर बन्दना गीति एल्वम सार्वजनिक छन् । यस्तै, परदेशबाट (कवितासङ्ग्रह) र असह्य चीत्कार (गजलसङ्ग्रह) प्रकाशित छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?