logo
२०८१ बैशाख ६ बिहीवार



तीज पर्वको मौलिकतामा संकट, तडकभडक र विकृति बढ्दै

मनोरञ्जन |


तीज पर्वको मौलिकतामा संकट, तडकभडक र विकृति बढ्दै


माला कर्ण -
सप्तरी, भदौ १४ गते । पवित्र पर्वका रुपमा हिन्दु महिलाले मनाउँदै आएको तीज पर्व अचेल मनाउने शैलीको फरकले मौलिकता संकट पर्न थालेको छ। तीज पर्वलाई पवित्र पर्वका रुपमा मनाउँदै आए पनि पछिल्लो समय तीज पर्व मनाउने शैलीमा तडकभडक र विकृति बढ्दै गएको गाउँले महिलाले नै गुनासो गरेका छन् ।

खडक नगरपालिका–८ की शर्मिला यादवले वर्षाैदेखि आफूले मनाउँदै आएको यो पर्व आफूले मैथिली संस्कृति र आफ्नै मौलिकपनमा मनाउने गरेको बताउनुहुँदै उहाँले अहिले गाउँघरदेखि शहर बजारका महिलाहरुले मनाउने शैलीमा फरक हुँदै गएको छ।
विगतका दिनमा गाउँघरमा सबै महिला दिदीबहिनी एकै ठाउँमा जम्मा भई दुःखसुखका गीत गाएर, पूजा पाठ गरेर मनाउँदै आएको तर अहिले धैरै फरक भईसकेको उहाँको भनाइ छ । अहिले पनि मधेशी महिलाहरु र पहाडी समुदायका महिलाहरुले मनाउने शैलीमा धेरै फरक रहेको उहाँले बताउनुभयो।

मधेशी महिलाहरुले एक ठाउँ भेलाभई पूजाआज गरी जाग्राम बस्ने गर्न भने शहरतिर महिलाहरुले विभिन्न सांस्कृतिक कार्यक्रमहरु गरी मनाउने गरेको छ। त्यसमा पनि धैरैदिन अगाडीदेखि नै दर खाने होटलहरुमा गएर दर खाने कार्यक्रमहरु गर्ने जस्ता कार्यले आजभोलि त हामीले मनाउने तीज, तीजजस्तै लाग्दैन, तीजमा उच्छृङ्खल, तडकभडक र देखासिकी धेरै भएको उहाँले बताउनुभयो।

दिन प्रतिदिन परम्परागत संस्कृति र संस्कारअनुसारको मौलिकपन नहँुदा शर्मिला मात्र होइन नयाँ पिँढीका केही महिला पनि चिन्तित छन् । महेन्द्र विन्देश्वरी बहुमुखी क्याम्पस राजविराजकी होम साईनसकाका सह–प्राध्यापक बन्दना मिश्राले चाडपर्वको नाममा पछिल्लो समय पश्चिमी संस्कार हावी भएको दाबी गर्नुहुन्छ ।चाडपर्व, संस्कृति र पहिचानलाई बचाइराख्न मैथिली समुदायको भावना, आस्था र विश्वासको खाँचो छ, उहाँले भन्नुभयो ।

महिला दिदीबहिनीले आफ्नै वेषभूषामा सजिएर तीज पर्व मनाउनसके संस्कृतिको संरक्षण हुने विकासको धारणा छ । परम्परादेखि तीज पर्वलाई रमाइलो गरी नारीको मनाउँदै आएकाले यो पर्व दिदीबहिनीका लागि महत्वपूर्ण मानिन्छ । उहाँ भन्नुहुन्छ, ‘विगतमा झैँ तीज पर्व मनाउने चलन गाउँघरतिर पनि विस्तारै हराउँदै गइरहेको छ । जसले तीज पर्वको मौलिकपन हराउँदै गइरहेको छ ।

त्यस्तै अर्की महिला राजविराज निवासी ललिता कर्णले बताउनुहुन्छ, ‘आजभोलि तीजमा राम्रो देखिन महिला फजुल खर्च गरेर पश्चिमी संस्कृतितिर आकर्षित भइरहेका छन् । यसले हाम्रो संस्कृतिको पहिचान नै हराउने त होइन भन्ने डर पनि लागि रहेको छ।’
तीजमा विवाहिता महिला आफ्ना पतिको दीर्घायुको कामना गर्दै त्यस दिन पानीसमेत नखाई व्रत बस्ने गर्दछन् भने अविवाहिता महिला राम्रो श्रीमान् पाउने आशमा यो पर्व मनाउने गरेको धार्मिक विश्वास रहँदै आएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?