logo
२०८० चैत्र १६ शुक्रवार



गुञ्जनको सुटिङ् शुरु, छिट्टै प्रदर्शन गर्ने योजना

मनोरञ्जन |


गुञ्जनको सुटिङ् शुरु, छिट्टै प्रदर्शन गर्ने योजना


काठमाडौ, भदौ १३ गते ।
बिगत दुई दशकदेखि द्वन्द्व निर्देशकका रुपमा सक्रिय अष्ट महर्जनले निर्देशकन गर्नु भएको फिल्म ‘गुञ्जन’ को मंगलबारदेखि पोखराका सुटिङ भइरहेको छ ।
बिसुद्ध प्रेमकथामा रहेको फिल्मबाट नवयुवा प्रितमराज सेन्चुरीले हिरोका रुपमा डेब्यु गर्नु भएको हो । फिल्ममा प्रितमराजको जोडीका रुपमा अभिनेत्री सारा श्रीपाली हुुनुहुन्छ । बिन्दवासीनी मन्दिरमा शुभ मुर्हत गरी सुटिङ सुरु गरिएको फिल्ममा प्रितमराज र साराका साथमा सरोज खनाल,हिउँवाला गौतम,कविर खड्का, रोहन शाही, निरुता स्याङताङ, कन्चन चालिसे,सुस्मिता बराल,अमोद,आइपी आचार्य,अमेश न्यौपानेलगायतका कलाकार हुनुहुन्छ ।
हिराकृष्ण शाहीको प्रस्तुति र सुनीता शाही निर्माता रहेको फिल्मको छायाँकार राजेश श्रेष्ठ हुन् । ए. एच इन्टरटेन्मेन्टको ब्यानरमा रहेको फिल्मको स्क्रिप्ट महेश दवाडीले लेख्नु भएको हो । अर्जुन पोखरेल र कल्याण सिंहको संगीत रहेको फिल्मका गीतको कोरियोग्राफी कविराज गहतराजले गर्नु हुने छ ।
झण्डै ९० प्रतिशत छायाँकन पोखरामा गरिने फिल्मको बाँकी सुटिङ काठमाडौमा गरिने जानकारी निर्देशक अष्टल दिनु भएको छ । हाल तीव्रताका साथ सुटिङ भइरहेको ‘गुञ्जन’ फागुन तेश्रो साता प्रदर्शन गर्ने योजना निर्माण पक्षको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?