देशभरका शिक्षणसंस्था चार दिन बन्द गर्ने निर्णय
गोरखापत्र अनलाइन
चैत्र १६, २०७७ सोमबार
शिक्षा, विज्ञान तथा प्रबिधि मन्त्रालयले देशभरका शिक्षणसंस्था चारदिन बन्द गर्ने निर्णय गरेको छ । मन्त्री कृष्णगोपाल श्रेष्ठको अध्यक्षतामा मन्त्रालयमा बसेको आकस्मिक बैठकले सम्पुर्ण शिक्षण संस्था बन्द गर्ने निर्णय गरेको हो । बैठकमा बोल्दै मन्त्री श्रेष्ठले वायुमण्डलमा देखिएको मौसम प्रतिकुलताको कारण शिक्षण संस्था बन्द गर्नुपरेको जानकारी दिनुभयो ।