logo
२०८१ बैशाख ७ शुक्रवार



कोरोना संक्रमणबीच सिरहामा निजी विद्यालय सञ्चालन

शिक्षा |
प्रदेश |


कोरोना संक्रमणबीच सिरहामा निजी विद्यालय सञ्चालन


सन्तोष सुवेदी
सिरहा, माघ ९ गते । जिल्ला कोभिड सङ्कट व्यवस्थापन समिति (डिसिसिएमसी) ले माघ १५ गतेसम्म जिल्लाभित्रका सबै विद्यालय बन्द गराउन गरेको निर्णयलाई सिरहाका निजी विद्यालयहरुले चूनौति दिंदै भौतिक रुपमै पठनपाठन गर्दै आएका छन् ।

कोरोना सङ्क्रमणको तेस्रो लहरबाट वालवालिका तथा विद्यार्थीलाई जोगाउन डिसिसिएमसीले गत माघ ६ गतेदेखि जिल्लाभरीका विद्यालय, कलेज, ट्युशन सेन्टर, तालिम वा अन्य प्रकारका शैक्षिक कार्यक्रम माघ १५ गतेसम्म भौतिक कक्षा स्थगित गरी भर्चुअल माध्यम वा वैकल्पिक शिक्षण सिकाई विधि अपनाउन सूचना जारी गरेको थियो ।

तर सिरहाका निजी विद्यालयहरुले भने डिसिसिएमसी र सरकारी निर्णयलाई चूनौति दिंदै निर्वाध रुपमा भौतिक रुपले कक्षा सञ्चालन गरिरहेका छन् । निजी विद्यालयबाहेक जिल्लाभित्र रहेका अन्य सामुदायिक विद्यालय, कलेज र प्राविधिक शिक्षण सँस्था सबैले डिसिसिएमसीको निर्णय अवलम्वन गर्दै पठनपाठन बन्द गरिसकेका छन् ।

सरकारी तवरबाटै विद्यालय बन्द गर्न सबैलाई सूचित गरिसकेपछि पनि सिरहाको प्याब्सन र एन प्याब्सन अन्तर्गतका निजी विद्यालयहरुले उक्त निर्णयलाई टेरेका छैनन् । अझ लहानका निजी विद्यालयले प्रहरी कार्यालय अगाडिबाटै स्कुल बस चलाए पनि स्थानीय प्रहरी मौन छन् ।

‘हामीले यो अवस्थामा विद्यालय सञ्चालन गर्न रोक्नु हुन्न भनेर भनिरहेका छैनौ तर अभिभावकबाटै विद्यालय सञ्चालन गर्न दवाव आइरहेको छ’, एन प्याब्सन सिरहाका अध्यक्ष प्रदीप तिवारीले भन्नुभयो– “धेरै अभिभावकको अनलाइन प्रविधिसम्म पहुँच नपुग्ने गरेकोले भौतिक रुपमै कक्षा सञ्चालन गर्नुपरेको हो ।”

सिरहाका अधिकांश अभिभावकहरुले विद्यालयलाई अनलाईन कक्षा सञ्चालन गर्न आग्रह गरेपनि निजी विद्यालयका सञ्चालकहरु नमानेको गुनासो छ । ‘सरस्वतीपुजा आइरहेको छ, भौतिक कक्षा सञ्चालन भएन भने उनीहरुलाई विद्यार्थीबाट रकम असुल्न अफ्ठ्यारो हुन्छ’, एक अभिभावकले भन्नुभयो– “निजी विद्यालयले विभिन्न शीर्षकको नाममा रकम उठाउने गरेकाकारण पनि अनलाइन कक्षा सञ्चालन गर्न मन पराउँदैनन् ।”

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?