logo
२०८० चैत्र १६ शुक्रवार



खोप र सिरिन्ज अभाव भएपछि खोप अभियान स्थगित

स्वास्थ्य |
प्रदेश |


खोप र सिरिन्ज अभाव भएपछि खोप अभियान स्थगित


नारद कोहार
तौलिहवा, माघ ८ गते । कपिलवस्तुमा आजदेखि शुरु भएको कोभिड दोस्रो मात्रा खोप अभियान स्थगित भएको छ । जिल्लाको शिवराज नगरपालिका, कृष्णनगर नगरपालिका, महाराजगंज नगरपालिका र विजयनगर गाँउपाालिकामा खोप तथा सिरिन्ज अभाव भएपछि खोप अभियान स्थगित गरिएको हो ।

खोप सामग्री ढुवानीमा संलग्न कर्मचारीहरु नै कोभिड–१९ बाट संक्रमित भई आईसोलेसनमा बस्‍नुभएपछि केन्द्रीय स्टोरबाट प्रदेश स्वास्थ्य आपूर्ति केन्द्रमा खोप तथा सिरिन्ज आपूर्तिमा ढिलाइ भएको स्वास्थ्य कार्यालय कपिलवस्तुका प्रमुख हेमराज पाण्डेले बताउनुभयो । खोप र सिरिन्ज समयमै प्राप्त हुने प्रतिबद्धताअनुरुप खोप अभियान सञ्चालन गर्ने उहाँले बताउनुभयो । उहाँले भन्नुभयो “कोरोना विरुद्धको ‘बुस्टर डोज’ खोप लगाउन सबै क्षेत्रबाट माग भइरहँदा खोप तथा सिरिन्ज अभाव भयो । तर हामी यसको व्यवस्थापन एक साताभित्रे गर्नेछौं ।”

जिल्लामा ४ लाख १० हजार १ सय ५७ जनाले पहिलो मात्रा खोप प्राप्त गरेको र २ लाख ५१ हजार ८ सय ३९ जनाले दोस्रो मात्रा खोप प्राप्त गरिसकेको स्वास्थ्य कार्यालय कपिलवस्तुका फोकल पर्सन उमेश घिमिरेले बताउनुभयो । जिल्लामा हालसम्म १ सय ५५ जना कोभिड संक्रमित छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?