logo
२०८१ बैशाख १३ बिहीवार



‘मेडिकल कलेजलाई कानुनी दायरामा ल्याउँछौँ’

शिक्षा |
राष्ट्रिय |


‘मेडिकल कलेजलाई कानुनी दायरामा ल्याउँछौँ’


गोरखापत्र समाचारदाता

काठमाडौँ, माघ ८ गते । गृहमन्त्री बालकृष्ण खाणले विद्यार्थीसँग बढी शुल्क लिने मेडिकल कलेजहरूलाई कानुनी दायरामा ल्याइने बताउनुभएको छ । चिकित्सा शिक्षा आयोगले तोकेभन्दा बढी शुल्क मेडिकल कलेजहरूले लिए वा नलिएकोबारे अनुसन्धान गरेर कानुनबमोजिम कारबाही गर्ने उहाँले बताउनुभएको हो । शुक्रबार मन्त्रालयमा शिक्षा विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेल र विद्यार्थी सङ्गठनका प्रतिनिधिसँगको छलफलमा मन्त्री खाणले सो प्रतिबद्धता जनाउनुभएको हो । कानुनको पालना गराउने दायित्व सरकारको भएको भन्दै उहाँले कानुन परिपालना गराउने प्रतिबद्धता जनाउनुभयो । उहाँले भन्नुभयो, “विद्यमान कानुनको पालना गर्न सरकार प्रतिबद्ध छ । गल्ती गर्ने जो सुकै भए पनि कारबाही हुन्छ ।”

मन्त्री खाणले कारबाहीमा कुनै आग्रह र पूर्वाग्रह नराखिने पनि स्पष्ट पार्नुभयो । “अनुसन्धानमा दोषी देखिए आग्रह, पूर्वाग्रहभन्दा माथि उठेर सरकारले कारबाही गर्छ”, मन्त्री खाणले भन्नुभयो । छलफलमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री पौडेलले नोबेल मेडिकल कलेज र काठमाडौँ मेडिकल कलेजले शिक्षा मन्त्रालयसहितका सरकारी निकायसँग आफैँले गरेको सहमति उल्लङ्घन गरेको बताउनुभयो । उहाँले राज्यका निकायलाई चुनौती दिने कलेज सञ्चालकहरूलाई कानुनी कारबाहीको दायरामा ल्याउनुपर्ने बताउनुभयो । गृहसचिव टेकनारायण पाण्डेले कलेज सञ्चालकले ठगेको प्रमाणसहित प्रक्रिया पु¥याएर सम्बन्धित जिल्ला प्रशासन कार्यालयमा उजुरी दिएमा सरकारले कानुनी कारबाही गर्न पछि नहट्ने बताउनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?