logo
२०८१ बैशाख ८ शनिवार



एमए तहमा नेपालभाषामा अध्ययन शुरू

शिक्षा |
प्रदेश |
समाज |


एमए तहमा नेपालभाषामा अध्ययन शुरू


काठमाडौं, मङ्सिर २२ गते । रत्न राज्यलक्ष्मी क्याम्पसमा पहिलाे पटक विधिवत् रुपमा एमए तहमा नेपालभाषामा अध्ययन शुरू भएको छ । कार्यक्रममा नेवाः विद्यार्थी युनियनकाे अग्रसरतामा साे क्याम्पसमा एमए तहमा नेपालभाषाकाे अध्ययन शुरू भएकाे हाे ।

शुक्रबार काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले सो कक्षाको शुभारम्भ गर्नुभएकाे थियाे । सो अवसरमा उहाँले देशमा रहेका भाषा, कला, संस्कृतिको संरक्षण गर्नु प्रदेश सरकार र स्थानीय सरकारकाे पनि भएकाे कुरामा जाेड दिँदै काठमाडौं महानगरपालिकाले पाँच वर्षको सम्झौता गरेर पठनपाठन अगाडि बढेकाे बताउनुभयाे ।

त्रिभुवन विश्वविद्यालयका डिन प्रा.डा. कुसुम शाक्यले नेपालभाषामा साहित्य, संस्कृति र मानव धर्म सिकाउने ज्ञानको भण्डार रहेको बताउनुभयाे ।

क्याम्पस स्ववियूका अध्यक्ष टपेन्द्रजंग शाहीले नेपालभाषाकाे निरन्तरताकाे लागि क्याम्पस प्रशासनकाे अनिवार्य सहयोग हुनुपर्नेमा जाेड दिनुभयाे । 

कार्यक्रमका सभापति डा.जीवनधर ज्ञवालीले नेपालभाषा एमए अभियान पूर्णरूपमा सफल बनाउन नेवाः विद्यार्थी युनियनका अध्यक्ष रिदेन महर्जन र प्रा.डा. चन्द्रमान बज्राचार्यलगायत विद्यार्थीहरुको अहम् भूमिका रहेको स्मरण गर्नुभयाे । 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?