logo
२०८१ बैशाख ८ शनिवार



विवाहपञ्चमीमा तीन दिन शैक्षिक संस्था बन्द

शिक्षा |
प्रदेश |


विवाहपञ्चमीमा तीन दिन शैक्षिक संस्था बन्द


लक्ष्मी चौधरी
जनकपुरधाम, मङ्सिर २० गते । जनकपुरधाम उपमहानगरपालिका क्षेत्र भित्रका शैक्षिक संस्थाहरुमा तीन दिन बिदा दिने निर्णय भएको छ । प्रदेश २ को धनुषास्थित जनकपुरधाम नगर क्षेत्रभित्र विवाहपञ्चमीको अवसरमा यहाँका निजि तथा सरकारी विद्यालयमा तीन दिन स्थानीय बिदा दिने निर्णय भएको हो ।

जनकपुरधामको जानकी मन्दिरमा जारी सप्ताहव्यापी कार्यक्रम विवाहपञ्चमी महोत्सवको उपलक्ष्यमा मंगलबारदेखि बिहीबारसम्म शिक्षण संस्था बन्द गर्ने निर्णय भएको शिक्षा, युवा तथा खेलकुद महाशाखाका प्रमुख मेहिलाल यादवले एक सूचना जारी गर्नुभएको छ ।

आइतबार जारी गरिएको सूचानामा विवाहपञ्चमीको मेलाका कारण हुने भीडभाडलाई दृष्टिगत गर्दै पालिकाभित्र रहेका सामुदायिक, निजी विद्यालय तथा शिक्षण संस्थाहरुलाई मङ्सिर २१ देखि २३ गतेसम्म बन्द गर्ने निर्णय भएको जनाइएको छ ।

यस्तै, प्रदेश २ सरकारले विवाहपञ्चमी महोत्सवकै अवसरमा मङ्सिर २२ गते बुधबार प्रदेशभरि सार्वजनिक बिदा दिएको छ । शुक्रबारबाट सुरु भएको सप्ताहव्यापी कार्यक्रम विवाहपञ्चमी महोत्सवअन्तर्गत बुधबार वैवाहिक कार्यक्रम रहेको दिन प्रदेश सरकारले सार्वजनिक बिदा दिएको हो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?