logo
२०७८ माघ ८ शनिवार



कक्षा १२ को परीक्षाफल प्रकाशित

शिक्षा |


कक्षा १२ को परीक्षाफल प्रकाशित


गोरखापत्र अनलाइन
काठमाडौं, मङ्सिर १७ गते । कक्षा १२ को परीक्षाफल प्रकाशित भएको छ । बिहान बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठक अनुसार परीक्षाफल प्रकाशित गरेको राष्ट्रिय परीक्षा बोर्डका परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माले जानकारी दिनुभयो । परीक्षामा मुलुकभरबाट तीन लाख ७५ हजार परीक्षार्थी सहभागी भएका थिए । प्रकाशित नतिजामा सात हजार ६३ जनाले ३.६१ देखि ४ जिपिए ल्याएको शर्माले जानकारी दिनुभयो । कक्षा १२ को परीक्षा गत भदौ ३० देखि असोज ८ गतेसम्म सञ्चालन भएको थियो । कोभिड–१९ को महामारीका कारण परीक्षाको तालिका सार्वजनिक गरेर पनि दुई पटक स्थगित भएको थियो ।

शर्माका अनुसार प्रकाशित नतिजा झण्डै एक घण्टापछि अनलाइनमा हेर्न सकिनेछ । नतिजा राष्ट्रिय परीक्षा बोर्डको वेबसाइट http://www.neb.gov.np, नेपाल टेलिकमको वेबसाइट http://neb.ntc.net.np मा गएर हेर्न सकिन्छ ।शर्माका अनुसार प्रकाशित नतिजा झण्डै एक घण्टापछि अनलाइनमा हेर्न सकिनेछ । नतिजा राष्ट्रिय परीक्षा बोर्डको वेबसाइट http://www.neb.gov.np, नेपाल टेलिकमको वेबसाइट http://neb.ntc.net.np मा गएर हेर्न सकिन्छ । 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?