logo
२०८० चैत्र १५ बिहीवार



चुनाव केन्द्रित हुन प्रधानमन्त्री देउवाको निर्देशन

मुख्य समाचार |
राजनीति |


चुनाव केन्द्रित हुन प्रधानमन्त्री देउवाको निर्देशन


काठमाडौं, मङ्सिर १६ गते । प्रधानमन्त्री एवम् नेपाली काँग्रेस सभापति शेरबहादुर देउवाले आगामी चुनावमा केन्द्रित हुन पार्टीका नेता तथा कार्यकर्तालाई निर्देशन दिनुभएको छ । बिहीबार काँग्रेस प्रदेश अधिवेशनको भर्चुअल उद्घाटन गर्नुहुदै उहाँले महाधिवेशन लगत्तै चुनावमा केन्द्रित हुनुपर्नेमा जोड दिनुभएको हो ।

‘केही महिनाभित्रै स्थानीय र एक वर्षभित्र संघ र प्रदेशको चुनाव हुँदैछ । महाधिवेशन लगत्तै चुनाव केन्द्रित हुन आवश्यक छ’, देउवाले बताउनुभयो । काँग्रेस महाधिवेशनप्रति लक्षित गर्नुहुदै उहाँले पार्टीको आन्तरिक प्रतिस्पर्धामा जित र हार हुनुलाई लोकतान्त्रिक अभ्यासको रुपमा लिनुपर्ने बताउनुभयो । लोकतन्त्र बलियो भए मात्रै मुलुक समृद्ध हुने भनाइ प्रधानमन्त्री देउवाले राख्नुभएको छ ।

देशको नेतृत्व नेपाली काँग्रेसले मात्र गर्नसक्ने उहाँको भनाइ छ । देशको नेतृत्व कांग्रेसले गर्छ भन्ने कुरा विगतका गतिविधिले प्रष्ट्याइसकेको उहाँको दाबी छ ।

प्रधानमन्त्री देउवाले प्रदेश अधिवेशनमा काँग्रेसलाई थप सशक्त एवम् बलियो बनाउने र जनताको मन जित्ने विषयमा छलफल हुन आवश्यक रहेको विषयमा जोड दिनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?