logo
२०८० चैत्र १६ शुक्रवार



शिक्षामन्त्री पौडेलसँग युुनेस्को नेपालका प्रमुखको शिष्टाचार भेट

राष्ट्रिय |


शिक्षामन्त्री पौडेलसँग युुनेस्को नेपालका प्रमुखको शिष्टाचार भेट


काठमाडौं, कात्तिक ८ गते । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलसँग नेपालस्थित युनेस्को प्रमुख माइकल क्राफ्टले आज शिष्टाचार भेट गर्नुभएको छ ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा भएको भेटमा विद्यालयको पूर्वाधार निर्माण तथा कोभिड–१९ ले नेपालको शिक्षाक्षेत्रमा पारेको प्रभावबारे छलफल भएको थियो । सो भेटका अवसरमा मन्त्री पौडेलले युनेस्कोले नेपालमा काम गरिरहेको बताउँदै शिक्षा, विज्ञान तथा प्रविधि र स्वास्थ्य नै आफूहरुको प्राथमिकतामा रहेको स्पष्ट गर्नुभएका थियो ।

मन्त्री पौडेलले शिक्षा नै सबै नागरिकको ढोका खोल्ने अवसर भएकाले युनेस्कोलाई नेपालमा शिक्षाकाक्षेत्रमा लगानी गर्न आग्रह गर्नुभएको थियो । भेटका अवसरमा नेपालस्थित युनेस्कोका प्रमुख माइकलले आफूहरु नेपालमा शिक्षाक्षेत्रमा काम गर्न आएको बताउँदै यस क्षेत्रमा प्राथमिकता तोकेर दिन आग्रह गर्नुभएको थियो ।

काठमाडौंको गोकर्णेश्वर नगरपालिकामा युनेस्कोग्राम बनाउने विषयमा पनि मन्त्री पौडेल र माइकलबीच छलफल भएको थियो ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?