logo
२०८० चैत्र १६ शुक्रवार



नेपाली मूलका इटालियाली फुटबलर  विकास च्यासल युथमा अनुबन्धित

फुटबल |
खेलकुद |


नेपाली मूलका इटालियाली फुटबलर  विकास च्यासल युथमा अनुबन्धित


गोरखापत्र समाचारदाता

काठमाडौँ, कात्तिक ५ गते । शहीद स्मारक ‘ए’ डिभिजन फुटबल लिमा खेल्न च्यासल युथ क्लबले शुक्रबार नेपाली मूलका इटालियाली खेलाडी विकास मेराग्लियालाई अनुबन्धित गरेको छ ।नेपालको सबभन्दा ठूलो फुटबल प्रतियोगिता ए डिभिजन लिग कात्तिक २९ गतेदेखि सुरु हुँदैछ । च्यासल तेस्रो पटक घरेलु सर्वोच्च लिग खेल्दैछ । इटालीमा रहेर व्यावसायिक फुटबल खेलिरहेका विकास इटालीको यु–१६ टोलीबाट समेत खेलिसकेका खेलाडी हुनुहुन्छ । युरोपेली फुटबलको प्रतिष्ठित क्लब एटलान्टाको जुनियर टोलीबाट पनि विकासले खेलिसक्नुभएको छ । त्यसैले इटालियाली युथ फुटबलमा विकासको चर्चा प्रभावशाली खेलाडीका रूपमा हुने गरेको छ । इटालीमा एट्लान्टाबाहेह भेनेजियाको युवा टोली तथा काटोलिका र मारिग्लयानेसको सिनियर टोलीबाट पनि विकासले खेलिसक्नुभउको छ ।

विकास सन् २००८ मा ६ वर्षको उमेरमा नेपालबाट इटाली पुग्नुभएको हो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?