logo
२०८१ बैशाख ४ मंगलवार



सरकार र आमरण अनशनरत रुबी खानबीच सहमति

खुला |
समाज |


सरकार र आमरण अनशनरत रुबी खानबीच सहमति


काठमाडौं, कात्तिक २ गते । सरकार र आमरण अनशनरत रुबी खानबीच मंगलबार सहमति भएको छ । बाँके घटनाबारे छानबिन गर्ने बनाउने लगायतका विषयमा सहमति भएको छ । गृहमन्त्रालयका सहसचिव हिरालाल रेग्मीको नेतृत्वमा छ सदस्यीय छानविन समिति गठन गर्ने सहमति भएपछि १२ दिनदेखि अनसनरत खानले अनशन स्थगित गर्नुहुने भएको हो ।
गृहमन्त्रालयका उपसचिव एवं सूचना अधिकारी दिलकुमार तामाङले बाँकेकी नन्कुन्नी धोबीको मृत्यु र निर्मला कुर्मी बेपत्ता घटनाबारे उक्त समितिले छानबिन गरी सत्यतथ्य पत्ता लगाउने जानकारी दिनुभयो ।
समितिले सात दिनभित्र प्रवितेदन बुझाउने उहाँले बताउनुभयो । साथै समितिमा आन्दोलनकारीको तर्फबाट मुस्लिम समाज सचेना केन्द्रका अध्यक्ष मोहमद शेर बागवान पनि हुनुहुन्छ ।
सहमतिसँगै त्रिवि शिक्षण अस्पतालमा अनशनरत खानले अनशन तोड्नुभएको समेत उहाँले बताउनुभयो । धोबीको मृत्यु र कुर्मी बेपत्ताबारे सत्यतथ्य पत्ता लगाउन र न्याय दिलाउन माग गर्दै १४ जना महिला २० दिन हिँडेर बाँकेबाट काठमाडौं आएका थिए । माइतीघर मण्डलामा न्याय माग्दै धर्ना बसेका उनीहरुलाई प्रहरीले हटाएपछि खान १२ दिन अघि अनसन बस्नुभएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?