logo
२०८० चैत्र १६ शुक्रवार



भारतमा थप १३ हजार ५८ जना सङ्क्रमित

अन्तर्राष्ट्रिय |


भारतमा थप १३ हजार ५८ जना सङ्क्रमित


नयाँ दिल्ली, कात्तिक २ गते । पछिल्लो एक दिनमा भारतमा १३ हजार ५८ जना थप कोरोना भाइरसका सङ्क्रमित थपिएका स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले मङ्गलबार जानकारी दिएको छ । यो सङ्ख्या २३१ दिनयताको सबभन्दा कम भएको पनि सो मन्त्रालयले जनाएको छ ।

भारतमा अहिले सङ्क्रमित अवस्थामै रहेकाको सङ्ख्या १ लाख ८३ हजार ११८ रहेको अधिकारीले जनाएका छन् यो सङ्ख्या २२७ दिन यताको सबभन्दा कम भएको पनि जनाइएको छ । हाल सक्रिय सङ्क्रमित संख्या कुल सङ्क्रमितको ०.५४ प्रतिशत मात्र रहेको मङ्गलबार प्राप्त समाचारमा जनाइएको छ ।


कोरोनाभाइरसको महामारी शुरु भएयता हाल सङ्क्रमणमुक्त दर ९८ः१४ प्रतिशत भएको मन्त्रालयले मङ्गलबार जनाइएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार भारतमा ५९ करोड ३१ लाख व्यक्तिको कोरोनाभाइरसको परीक्षण भएको छ ।

भारतमा गत जनवरी १६ बाट कोरोना भाइरसविरुद्ध खोप अभियान शुरु भएको थियो । सो समयदेखि हालसम्म ९८ करोड ६७ लाख डोज खोप लगाइएको पनि सो मन्त्रालय जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?