logo
२०८० चैत्र १६ शुक्रवार



स्थानीय युवाको आक्रमणले सात प्रहरी घाईते

खुला |
प्रदेश |


स्थानीय युवाको आक्रमणले सात प्रहरी घाईते


मनिषा केसी
रुकुम (पश्चिम), असोज ३० गते । प्रहरी र स्थानीय युवाबीच झडप हुँदा सातजना प्रहरी घाईते भएका छन् । शुक्रबार राति मुसिकोट नगरपालिका ५ बागबजारमा भएको झडपकाक्रममा प्रहरी सहायक निरीक्षक कोमलराज बोहरासहित सात जना प्रहरी घाईते भएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जनाएको छ ।

घाईते प्रहरी सहायक निरीक्षक बोहरालाई राती नै थप उपचारको लागि नेपालगञ्ज मेडिकल कलेज कोहलपुर लगिएको र त्यहाँ पनि उपचार सम्भव नभएपछि काठमाडौ लगिइएको बताईएको छ । उहाँको अनुहारको तल्लो भागको तीन ओटा वटा दाँत झरेको, माथिल्लो पट्टी एउटा दात हल्लिएको र टाउकोमा गम्भिर चोट रहेको बताइएको छ ।

त्यसैगरी प्रहरी हवल्दार कालीबहादुर बोहराको दाहिने हातको बुढी औलामा र ढाडमा चोट लागेको छ । प्रहरी जवान लक्ष्मण गुरुङको टाउकोमा सामान्य चोट रहेको छ । अन्य चार जना प्रहरी कर्मचारीहरु पनि सामान्य घाईते भएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका सूचना अधिकारी प्रहरी निरीक्षक कपिलजंग शाहीकाअनुसार शुक्रबार राती पौने ९ बजे मुसिकोट नगरपालिका ५ स्थित बागबजार नजिकै छेउमा पार्किङ्ग गरि राखिएको रा १ ख २३९२ नम्बरको ट्रकलाई ढुंगा र बियरको बोतल प्रहार गरेर सिसा फुटाएको भन्ने सूचना प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय र अस्थायी प्रहरी पोष्ट बागबजारको सयूँक्त टोली परिचालन गरिएको थियो । उक्त टोलीले निजहरुलाई नियन्त्रणमा लिन खोज्दा प्रहरी माथि नै ढुंगामुढा र बोतल प्रहार भएको थियो ।

यस्तै, घटनामा संलग्न भएको आरोपमा ६ जना युवालाई प्रहरीले नियन्त्रणमा लिएको छ । ४ जना फरार रहेका छन् । पक्राउ पर्नेहरुमा मुसिकोट नगरपालिका ५ का २० बर्षीय नरेश पुनमगर, वडा नम्वर १ का १८ बर्षका राजनप्रकाश गिरी, सोहि ठाउँका बर्ष २० का आकाश परियार र बर्ष २५ को हरिबहादुर घर्ती, वडा नम्बर १० का बर्ष २४ का खडानन्द केसी र रुकुमपुर्व भुमे गाउँपालिका घर भई हाल मुसिकोट नगरपालिका ५ बस्ने बर्ष २३ को मर्कुश पुनमगर रहेको प्रहरीले जनाएको छ ।

घटनामा संलग्न रहेकाहरु धनिराम नेपाली, स्वयल बिक, निसान पुन र बिक्कु भन्ने विकास परियार फरार रहेको प्रहरीले जनाएको छ । उनीहरुको खोजी भैरहेको र घटनाको थप अनुसन्धान भैरहेको समेत प्रहरीले जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?