logo
२०८० चैत्र १६ शुक्रवार



त्रिशूलीमा कार खस्दा तीन बेपत्ता, एक घाइते

प्रदेश |


त्रिशूलीमा कार खस्दा तीन बेपत्ता, एक घाइते
त्रिशुलीमा झरेको कारको खोजीमा प्रहरी र स्थानीय फोटो सौजन्य : विनोद श्रेष्ठ


वसन्त पराजुली
भरतपुर, असोज ८ गते । इच्छाकामना गाउँपालिका ५ मुग्लिन बजार नजिकै पर्ने नाग्दी खोलाबाट बिहीवार मध्यरातमा एक कार त्रिशूली नदीमा खसेको छ ।
पृथ्वीराजमार्गको मुग्लिन–नौबिसे सडक खण्ड अन्र्तगत नाग्दी खोलाबाट राती करिब साढे बाह्र बजे खसेको सो कारमा यात्रा गर्ने ३ जना बेपत्ता छन् भने एक जना घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक सूर्यबहादुर थापाका अनुसार काठमाडौंबाट पोखरा जाँदै गरेको ना. २ च ४९१८ नम्बरको कार अनियन्त्रित भई सडकबाट त्रिशूली नदीमा खसेको हो । राजमार्गबाट करिब सय मिटर तल त्रिशूली नदीमा खसेको कार नदीमा हराइरहेको छ ।
कारमा सवारमध्ये पोखरा महानगरपालिका १७ कास्की बस्ने ४९ वर्षीय रुद्रलाल सुवेदी घाइते हुनुभएको छ । उहाँको अहिले भरतपुरस्थित स्कूल अफ मेडिकल साइसेन्स (पुरानो मेडिकल कलेज)मा उपचार भैरहेको छ ।
सो घटनामा परी बेपत्ता हुनेमा कार चालक ६० वर्षीय प्रेम भुजेल रहनुभएको छ । पोखरा महानगरपालिका वडा नं १७ घर भएका भुजेलको अवस्था अज्ञात रहेको प्रहरीले जनाएको छ । यस्तै ६० वर्षीय लेखबहादुर भुजेल र निजकी श्रीमती ३६ वर्षीया ईश्वरी भुजेल पनि नदीमा बेपत्ता छन् । उहाँहरुको खोजी कार्य जारी रहेको प्रहरीले बताएको छ ।
दूर्घटना के कारणले भयो भन्ने यकिन हुन सकेको छैन । अहिले प्रहरी, सशस्त्र प्रहरी र स्थानीय बासिन्दाले बेपत्ता कार र ब्यक्तिको खोजी कार्य जारी राखेको प्रहरी नायब उपरिक्षक थापाले जानकारी दिनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?