logo
२०८० चैत्र १६ शुक्रवार



सङ्क्रमित  घटेसँगै उपत्यकाका आइसोलेसन केन्द्रले सेवा बन्द गर्न थाले

खुला |


सङ्क्रमित  घटेसँगै उपत्यकाका आइसोलेसन केन्द्रले सेवा बन्द गर्न थाले


काठमाडौं,असोज ५ गते । उपत्यकाका केही स्थानीय तहहरुले कोरोना संक्रमितको संख्यामा कमी हुदैगएको र आइसोलेसन केन्द्रमा बस्ने कोरोना संक्रमितको संख्या घट्दै गएसँगै आइसोलेसन केन्द्र घटाउदै लगेका छन् । काठमाडौंं महानगपालिकाले कोरोना संक्रमणको दोस्रो लहरमा छुट्याएको ३५० बेडहरु सबै खाली गरिएको जनाएको छ ।

पछिल्लो समय कोरोना संक्रमित बिरामीहरु होम आइसोलेसनमै बस्न चाहेकाकारण आइसोलेसन केन्द्रहरु तत्कालका लागि खाली गरेको महानगरका स्वास्थ्य महाशाखा प्रमुख हरि कुँवरले जानकारी दिनुभयो । हाललाई सेवा स्थगित गरिएका आइसोलेसन केन्द्रहरु आवश्यक परेमा तत्काल महानगरले आइसोलेसन केन्द्रको स्थापना गर्नसक्ने उहाँको भनाइ छ ।

यता, ललितपुर महानगरपालिकामा पनि आइसोलेसन केन्द्रमा बस्ने कोरोना संक्रमितको संख्यामा कमी हुदैगएको छ । महानगरमा ११० बेडको आइसोलेसनमा अहिले जम्मा २३ जनामात्र कोरोनाका संक्रमित विरामी रहेको मेयर चिरिबाबु महर्जनले बताउनुभयो ।

पछिल्लो समय कोरोनाका विरामीहरु पनि घट्दै जान थालेको र धरै संक्रमितहरु होम आइसोलेसनमा बस्न चाहेका कारण पनि आइसोलेसनमा बस्नेको संख्यामा कमी हुदैगएको उहाँको भनाइ छ । आइसोलेसनमा बस्ने कोरोना संक्रमितको संख्या कमी हुदै गएमा थप आइसोलेसन केन्द्रहरु पनि विस्तारै घटाउन सकिने उहाँले बताउनुभयो ।

यस्तै भक्तपुर नगरपालिकामा पनि आइसोलेसनमा बस्ने कोरोना संक्रमितको संख्यामा कमी हुँदैगएको छ । ७५ क्षमताको आइसोलेसनमा अहिले १६ जना मात्र रहेको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख रत्न सुन्दर लसिवाले बताउनुभयो । आइसोलेसनमै बस्न आउने कोरोना संक्रमितको संख्यामै कमी आएकाले अब आइसोलेसन केन्द्रहरु घटाउँदै लानुपर्ने स्थिति सिर्जना भएको लासिवाले बताउनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?