logo
२०८० चैत्र १५ बिहीवार



संबिधान दिवसको अवसरमा ऐतिहासिक कोतगढीको सफाई

खुला |
प्रदेश |


संबिधान दिवसको अवसरमा ऐतिहासिक कोतगढीको सफाई


दैलेख समाचारदाता
दैलेख,असोज २ गते । संबिधान दिवसको अवसरमा जिल्लाको ऐतिहासिक कोतगढी सरसफाई गरिएको छ । संबिधान दिवस मुल समारोह समितिको आयोजनामा दैलेखमा रहेको ऐतिहासिक कोतगढीको शनिबार सरसफाई गरिएको हो ।

जिल्ला समन्वय समितिका प्रमुख प्रेमबहादुर थापाको नेतृत्वमा गठन गरिएको सविधान दिवस मुल समारोह समितिले कोतगढीमा सरसफाई कार्यक्रम सम्पन्न गरेको छ । नारायण नगरपालिका दैलेखका प्रमुख प्रशासकीय अधिकृत रेशमबहादुर बुढाले संबिधान दिवसमा नारायण नगरपालिकाको अगुवाईमा कोतगढी सरसफाई गरिएको बताउनुभयो ।

ऐतिहासिक कोतगढीको नगरपालिका पुनरनिर्माणमा जुटेको बताँदै यस आर्थिक वर्षमा कोतगढीमा २५ लाख रुपियाँ खर्च गरेर आर्कषण बनाउने तयारी भएको पनि उहाँले जानकारी दिनुभयो । नेपाली सेनाका नाममा रहेको कोतगढीलाई स्थानीय सरकार माहतत ल्याउन प्रयास भइरहेको नारायण नगरपालिकाले जानकारी दिएको छ ।

परापूर्वकालमा पाँचभाइ पाण्डवले सात दिन सात रात लगाएर कोतगढी बनाएको किंबदन्ती छ । गढीमा १३ चुच्चा र १३ प्वाल छन् । कोतगढी करिब ५० देखि ७० मिटरसम्म फैलिएको छ भने करिब १२ फिट अग्लो छ ।

प्रमुख जिल्ला अधिकारी हरिबहादुर प्याकुरेलले संबिधान दिवसको अवसरमा जिल्लामा तीनवटा कार्यक्रम गर्न लागिएको बताउनुभयो । असोज २ देखि ४ गतेसम्म जिल्लाका सबै सरकारी कार्यालय, सार्वजनिक कार्यालय, सामुदायिक संघ सस्थामा राष्ट्रिय झण्डा सजाई सरसफाई गर्ने, ३ गते देवकोटाचोकमा दीप प्रज्ज्वलन गर्ने, स्वास्थ्य सेवा कार्यालय दैलेखमा रहेको बिरामीलाई फलफुल वितरण गर्ने कार्यक्रम तय भएको उहाँले बताउनुभयो ।

त्यस्तै, स्थानीय संघ संस्थाको सहयोगमा संबिधान दिवससम्बन्धी बक्तृत्वकला प्रतियोगिताको आयोजना गरी दिवस मनाउने निर्णय भएको पनि उहाँले जानकारी दिनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?