logo
२०८१ बैशाख ८ शनिवार



देश विकास र शैक्षिक उन्नयनको लागि धेरै अनुसन्धान आवश्यक

शिक्षा |
खुला |


देश विकास र शैक्षिक उन्नयनको लागि धेरै अनुसन्धान आवश्यक



कीर्तिपुर, असोज १ गते । विश्वविद्यालय अनुदान आयोगले देश विकास र शैक्षिक उन्नयनको लागि योगदान दिने खालका धेरै अनुसन्धान आवश्यक भएको जानकारी दिएको छ ।
हालै यहाँस्थित मंगल बहुमुखी क्याम्पसद्वारा आयोजित पाँच दिने अनुसन्धानात्मक प्रस्ताव र प्राज्ञिक लेखनसम्बन्धी कार्यशालामा आयोगका अनुसन्धान महाशाखाका निर्देशक डा. प्रमोद पौडेलले सो कुरा बताउनुभएको हो । उहाँका अनुसार आयोगले एकलाखदेखि २० लाख रुपियाँसम्मको अनुदान दिइरहेको छ ।

यस्तै, त्रिभुवन विश्वविद्यालयको केन्द्रीय शिक्षाशास्त्र संकायका डीन प्रा.डा. चित्रबहादुर बुढाथोकीले नेपालको शैक्षिक नीति गुणस्तरीय भए पनि अनुगमण गर्न गा¥हो भएकाले क्षमतावान जनशक्ति उत्पादनमा कमी आइरहेको बताउनुभयो । स्नातकोत्तर तहमा अनिवार्य रहेको अनुसन्धानात्मक ‘थेसिस’ सजिलै बजारबाट किनेर डिग्री लिने परिपाटी बसेकाेमा दुःखेसो पोख्नुभयो ।

त्रिवि पूर्वउपकुलपति प्रा.डा. हीराबहादुर महर्जनले विद्यावारिधी (पीएचडी) गरेका विज्ञहरुले गरेका अनुसन्धानलाई समयानुकुल प्रयोग गर्नुपर्नेमा जोड दिनुभयो ।

कार्यशाला संयोजक प्रा.डा. धर्मराज डंगोलले नेपाली अनुसन्धानकर्ताहरुले गरेका अनुसन्धान पनि अन्र्तराष्ट्रियस्तरका हुने भएकाले सम्बद्ध पक्षले ध्यान दिनसके देश निर्माणमा सहयोग पुग्ने बताउनुभयो ।

कार्यशालामा त्रिविका पाँचजना पूर्वप्राध्यापकहरु प्रा.डा. शिवशरण महर्जन, प्रा.डा. श्यामकृष्ण महर्जन, प्रा.डा. लक्ष्मीबहादुर महर्जन, प्रा.डा. वालकृष्ण श्रेष्ठले विभिन्न अनुसन्धान विधिबारे भदौ २७ गतेदेखि ३१ गतेसम्म प्रशिक्षण दिनुभएको थियो ।

कार्यशालामा मंगल बहुमुखी क्याम्पस, शहीद स्मारक कलेज, जनाधार कम्युनिटी कलेजलगायत २० जना शिक्षकशिक्षिका सहभागी थिए ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?