logo
२०८० चैत्र १५ बिहीवार



तालिबानको घर खाली गर्ने उर्दीको कान्धारमा ब्यापक विरोध

अन्तर्राष्ट्रिय |


तालिबानको घर खाली गर्ने उर्दीको कान्धारमा ब्यापक विरोध
तस्विर-रोयटर्स


कान्धार, अफगानिस्तान, भदौ ३० गते।
अफगानिस्तानको कान्दाहारमा हजारौँ मानिसले बुधबार विरोध प्रदर्शन गरेका छन् । तालिवानले आफ्नो घर खाली गर्न आदेश दिएपछि उनीहरुले विरोध प्रदर्शन गरेका हुन् ।
तालिबान नेतृत्वमा रहेको अफगानिस्तान सरकारका प्रान्तीय अधिकारीहरूले अफगानिस्तानको राष्ट्रिय सेनाले बसाएको बस्तीमा रहेका परिवारहरूलाई तीन दिनमा आफ्नो घर खाली गर्न भनेको र यसको विरोधमा प्रदर्शन भएको द खामा न्युज प्रेस एजेन्सीले बताएको छ ।
“हामी यो ठाउँमा बस्दै आएको २० वर्ष भयो, यो सरकारी ठाँउ हो भन्ने कुरामा हामी सहमत छौं तर हामीले यहाँ घर बनाएका छौं । तालिबानले हामीले यी घरहरू खाली गर्नुपर्छ भन्दै आएको धेरै दिन भइसक्यो,” एक प्रदर्शनकारीलाई उद्धृत गरी टोलोन्युजले उल्लेख गरेको छ । अमेरिकी र पश्चिमी सैनिक गठबन्धन ९नाटो० फौजले बहिर्गमन प्रक्रिया थालेसँगै सरकारी सेनाविरुद्ध आक्रामक र तीव्र गतिमा अघि बढेपछि तालिबान अगष्ट १५ मा काबुल प्रवेश गरेको थियो ।
काबुल तालिबानको हातमा परेपछि र पूर्व राष्ट्रपति आसरफ गनीको निर्वाचित सरकार ढलेपछि गत महिना देश सङ्कटमा प¥यो । तालिबानको कब्जापछि अफगानिस्तानमा बर्बरताका हालैका दृश्यहरूले युद्धग्रस्त देशमा मानव अधिकारको भयावह अवस्था रहेको देखिएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?