logo
२०८० चैत्र १६ शुक्रवार



 प्रदेश १ काे मन्त्रिमण्डल बिस्तार, दुई मन्त्री र तीन राज्यमन्त्री नियुक्त

प्रदेश |


 प्रदेश १ काे मन्त्रिमण्डल बिस्तार, दुई मन्त्री र तीन राज्यमन्त्री नियुक्त


गाेकुल पराजुली 
विराटनगर, भदौ ३० गते । प्रदेश १ सरकारका मुख्यमन्त्री भीम आचार्यले मन्त्रिपरिषद् बिस्तार गर्नुभएको छ । पार्टी विभाजन भई सरकार अल्पमतमा परिसकेको अवस्थामा मुख्यमन्त्री आचार्यले मन्त्रिपरिषद् बिस्तार गर्नुभएको हो ।
मुख्यमन्त्री आचार्यले बुधबार थप दुई मन्त्री र तीन राज्यमन्त्री नियुक्त गर्दै मन्त्रिपरिषदलाई आठ सदस्यीय बनाउनुभएको हो । मुख्यमन्त्रीले संखुवासभाका सांसद तुलसी न्यौपानेलाई आर्थिक मामिला तथा योजना मन्त्री, झापाका सांसद हीराकुमार थापालाई भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री नियुक्त गर्नुभएको छ । मन्त्रिपरिषद बिस्तारका क्रममा सोलुखुम्बुका सांसद उत्तमकुमार वस्नेत उद्योग पर्यटन, वन तथा वातावरण राज्यमन्त्री, मोरङका सांसद ज्ञानेश्वर राजवंशी भूमि व्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्री र मोरङकै सांसद लीलाबल्लभ अधिकारी आन्तरिक मामिला तथा कानून मन्त्री नियुक्त हुनुभएको छ । नवनियुक्त मन्त्रिद्वयलाई प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीले र राज्यमन्त्रीहरुलाई मुख्यमन्त्री आचार्यले शपथ गराउनुभयो ।
भदौ १० गते मुख्यमन्त्रीमा नियुक्त हुनुभएका भीम आचार्यले पहिलो पटक भदौ ११ गते दुई जना मन्त्रीहरुलाई मन्त्रिपरिषदमा सामेल गराउनुभएको थियो । ताप्लेजुङका सांसद बलबहादुर साम्सोहाङलाई सामाजिक विकास मन्त्री र तेह्रथुमका सांसद लछुमत तिवारीलाई उद्योग, पर्यटन वन तथा वातावरण मन्त्री नियुक्त गरेको झण्डै २० दिन मुख्यमन्त्री आचार्यले दोश्रो पटक मन्त्रिपरिषद बिस्तार गर्नुभएको हो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?