logo
२०८० चैत्र १६ शुक्रवार



नरभक्षी बाघ नियन्त्रणमा लिन ठाउँ ठाउँमा आहारा राखियो

प्रदेश |


नरभक्षी बाघ नियन्त्रणमा लिन ठाउँ ठाउँमा आहारा राखियो


सिराज खान
नेपालगञ्ज, भदौ ३० गते । बाँके राष्ट्रिय निकुञ्जले नरभक्षी बाघलाई नियन्त्रण गर्न विभिन्न उपाय अपनाएको छ । निकुञ्जका प्रमुख संरक्षण अधिकृत श्यामकुमार शाहले बाघलाई नियन्त्रणका लागि ठाउँ–ठाउँमा आहारा राखेको जानकारी दिनुभयो ।
आहार खान आउँदा बाघलाई नियन्त्रण गर्ने रणनीति बनाइएको शाहले बताउनुभयो । बाघ बस्तीको छेउछाउमै आइरहेकाले बाघलाई नियन्त्रण गर्ने निष्कर्षमा निकुञ्ज पुगेको हो ।
राप्तीसोनारी गाउँपालिका–१, गाभरमा आइतवार एकजनालाई बाघले मारेपछि अहिले बस्ती नै आतङ्कित भएको छ । स्थानीयले मान्छे खाने बाघलाई नियन्त्रण गर्न दबाब दिएका छन् ।
निकुञ्ज प्रशासनले बाघलाई नियन्त्रण गर्नका लागि हात्तीसहितको टोली परिचालन गरेको छ । ठाउँ–ठाउँमा क्यामेरा जडान गरेको छ । बस्तीको आसपासमा दैनिक बाघ देखिन थालेपछि पूर्वपश्चिम राजमार्गमा यात्रा गर्दा सतर्कता अपनाइएको छ । मोटरसाइकल, साइकल र पैदलयात्रामा साँझ रोक लगाइएको छ भने दिउँसो पनि समूहमा पठाउने गरिएको छ । निकुञ्जमा अहिले २१ वटा बाघ छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?