logo
२०८० चैत्र १६ शुक्रवार

गोकर्णेश्वर मन्दिर क्षेत्रमा भक्तजनको भीड (फाेटाे फिचर)

खुला |
फोटो फिचर |


2021-09-07-46110
तस्बिर : बिकास द्वारे


काठमाडौं, भदौ २२ गते । ‘पितृदेवो भव’ अर्थात् जन्म दिने बाबुलाई देवता समान मान भन्ने धार्मिक मान्यताका आधारमा छोराछोरीले पितालाई विशेष सम्मान गर्छन् ।
राजधानीको पूर्वोत्तर भागमा पर्ने गोकर्णेश्वर मन्दिरमा दान, तर्पण, श्राद्धगर्नेको मंगलबार भीड लागेको थियो । कुसे औंसी एवं बुबाको मुख हेर्ने दिन गोकर्णेश्वरमा पहिलाको वर्षमा कोरोना महामारीको डरले मन्दिर नखोले पनि यस वर्ष भने मन्दिर खुल्ला गरिएको थियो ।
गोकर्ण क्षेत्रलाई बौद्ध महायान धर्मालम्वीहरुले पनि अष्ट बैतराग (पितृ उद्धारहुने ठाउँ) मध्ये एक ठाउँको मान्दै आएकोले यस स्थल बौद्ध र हिन्दूहरुको संगमस्थल भएको छ । यसैले यस दिनलाई गोकर्ण औंशी पनि भन्ने गर्दछन् । बुबाको निधन भएकाहरु गोकर्णेश्वर पुगेर पितृलाई तर्पण दिनाले तर्पण पितृले प्राप्त गर्छन् र तृप्त हुन्छन् भन्ने हिन्दूहरुको मान्यता रहेको ज्योतिष् विशाल अधिकारीले बताउनुभयो । गोकर्र्णेश्वर मन्दिरमा भेट्नुभएके चाबहिलका कुशल कार्कीले आफू बर्सेनि आउने जानकारी दिनुभयो । विगतको दुईवर्ष पनि बाहिरबाटै दर्शन गरेर गएको थिए उहाँले भन्नुभयो, यो वर्ष मन्दिर भित्र गएर नै दर्शन गर्न पाइयो । आफ्नो बुवा वबत्नुभएको १९ वर्ष भएको बताउँदै हरेक वर्ष आएर तर्पण गर्ने उहाँले बताउनुभयो ।
हजारौँ भक्तजनको उपस्थितमा रहेको मन्दिरमा व्यबस्थापन गर्न नेपाल प्रहरीलाई हम्मे हम्मे परेको थियो । भाद्र कृष्ण औँसीका दिन जन्म दिने बाबु वा धर्मपुत्र बनाएका सन्तानले स्वास्थ अनुकूलको मिठाइ, फलाहार, वस्त्र तथा प्रदान गरेर बाबुको अनुहार हेर्ने गरिन्छ ।
पितृदेवो भवः भन्ने शास्त्रीय वचन अनुसार आजको दिनमा जीवित बाबुलाई मीठो मसिनो खान दिएर र दिवङ्गत पिताका नाममा तर्पण, श्राद्ध र सिदा दान गरेर खुसी पारेमा सुख मिल्ने धार्मिक विश्वास रहेको छ । यसै क्रममा बिहान सवेरैदेखि राजधानीको जनबहाःस्थित सेतो मत्स्येन्द्रनाथ तथा अरु देवीदेवको मन्दिर वरपर त्यसरी सिदा दान लिन बसेका ब्राम्हण र बज्राचार्यहरु धेरै सङ्ख्यामा देखिन्थ्यो ।
यस दिनमा घरघरमा कुश भित्र्याएर र कुशको अर्चना गर्ने गरिन्छ । कुश, तुलसी र शालिग्रामलाई भगवान् विष्णुको प्रतीक मानिएको छ । भगवान् इन्द्रले स्वर्गबाट कुश, तुलसी र शालिग्राम पठाएको भन्ने कथन छ ।
वर्षका सबै औँसी पितृको रहे पनि सबै औँशीमा पितृको कार्य गर्न नसक्नेले यो कुशे औँसीका दिन भने टुटाउन नहुने मान्यता रहेको ज्योतिष अधिकारीले बताउनुभयो । पितृदेवो भव भनेर पितृलाई देवता समान मानिएको बताउँदै देवताले दिए पनि पितृ अप्रसन्न हुँदा ती खोसिन्छन् भन्ने मान्तयता रहेको उहाँले बताउनुभयो ।

तस्बिर : बिकास द्वारे