logo
२०८१ बैशाख ८ शनिवार



क्रिष्टियानो रोनाल्डो म्यान्चेष्टर यूनाइटेड फर्किनुभयो

शिक्षा |
खेलकुद |


क्रिष्टियानो रोनाल्डो म्यान्चेष्टर यूनाइटेड फर्किनुभयो
तस्विर-गेट्टी इमेजेज


गोरखापत्र अनलाइन
काठमाडौं, भदौ १२ गते । म्यान्चेष्टर यूनाइटेडले युभेन्ट्सका क्रिष्टियानो रोनाल्डोसँग अनुबन्धन सम्झौता गरेको छ । म्यान्चेष्टर यूनाइटेडले एक करोड २८ लाख पाउन्ड तिरेर रोनाल्डोसँग सम्झौता गरिएको जनाएको छ ।
३६ वर्षीय रोनाल्डोले सन् २००९ मा रियल मड्रिड छोड्नुअघि २९२ खेलमा यूनाइटेडका लागि ११८ गोल गर्नुभएको छ । यूनाइटेडले एक वक्तब्य जारी गरी क्रिष्टियानो रोनाल्डोलाई ओल्ड ट्राफोर्डमा स्वागत गर्न सबै सदस्य आतुर रहेको उल्लेख गरेको छ । गएको चौबीस घण्टामा रोनाल्डोसँग सम्झौताले नाटकीय रुप लिएको छ । म्यान्चेष्टर सिटीले रोनाल्डोलाई भित्र्याउन अन्तिमसम्म कसरत गर्दै आएको थियो । तर अन्तिम समयमा यूनाइटेडले रोनाल्डोलाई अनुबन्धन गरेको खुलाएको हो । रोनाल्डो आफैं पनि म्यान्चेष्टर यूनाइटेडमा फर्किन इच्छुक देखिनुभएको थियो । छ वर्ष म्यान्चेष्टर यूनाइटेडका लागि खेल्नुभएका रोनाल्डोले तीन पटक प्रिमियर लिगको उपाधि, एक पटक च्याम्पियन्स लिग, दुई पटक लिग कप र एक पटक एफए कपको उपाधि जित्नुभएको छ ।
सिटीले स्ट्राइकरको स्थान पूर्तिका लागि रोनाल्डोसँग सम्झौता गर्न गएको एक महिनादेखि कसरत गर्दै आएको थियो । अर्का स्ट्राइकर हयारी केन टट्नहममै बस्ने प्रतिबद्धता जनाउँदा म्यान्चेष्टर सिटीले क्रिष्टियानो रोनाल्डोसँगको सम्झौता समेत गुमाउन पुगेको हो ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?