logo
२०८० चैत्र १५ बिहीवार



भोलिबाट भर्ना प्रक्रिया

शिक्षा |
खुला |


भोलिबाट भर्ना प्रक्रिया



गोरखापत्र समाचारदाता

काठमाडौँ, भदौ १२ गते । चिकित्सा शिक्षा आयोगले स्नातक तहको म्याचिङ प्रक्रिया आइतबारदेखि गर्ने भएको छ । आयोगले स्नातक तहको एमबीबीएस, बीडीएसलगायतका चिकित्सा शिक्षामा भर्ना प्रक्रियाका लागि आइतबार प्रक्रिया सुरु गर्ने जानकारी दिएको छ ।
आयोगका उपाध्यक्ष प्रा. डा. श्रीकृष्ण गिरीले स्नातक तहका सबै विषयको एकै पटक म्याचिङ प्रक्रिया सुरु हुने बताउनुभयो । कोरोना सङ्क्रमणका कारण हालसम्म चिकित्सा शिक्षातर्फको स्नातक तहको अध्ययन अझै हुन सकेको छैन ।
आयोगले साउन ९ देखि १३ गतेसम्म एकीकृत प्रवेश परीक्षा सञ्चालन गरेको थियो ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?