logo
२०८१ बैशाख ८ शनिवार



प्रि–एएमएस परीक्षा मर्यादित एवं त्रुटिरहित रुपमा सम्पन्न गर्ने

शिक्षा |
राष्ट्रिय |


प्रि–एएमएस परीक्षा मर्यादित एवं त्रुटिरहित रुपमा सम्पन्न गर्ने


गोरखापत्र अनलाइन
काठमाडौँ, भदौ ११ गते । प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले संयुक्त राष्ट्रसंघीय मिसनका लागि लिइने प्रि–एएमएस परीक्षा मर्यादित एवं त्रुटिरहित रुपमा सम्पन्न गर्नु पर्ने बताउनु भएको छ । प्रि–एएमएस परीक्षालाई थप मर्यादित बनाउन सम्बन्धीत प्रहरी कर्मचारीहरूले पूर्ण इमान्दारिता एवम् उत्तरदायित्व वहन गर्दै त्रुटि रहित तवरले काम गर्नुपर्ने बताउनु भएको हो । उक्त मिसनका लागि प्रि–एएमएस परीक्षा मर्यादित एवं त्रुटिरहित रुपमा सम्पन्न गर्नुपर्ने परीक्षा संचालन गर्न खटिने प्रहरी अधिकृतहरुलाई प्रहरी प्रधान कार्यालयबाट निर्देशन दिनुभएको हो ।

परीक्षा संचालनमा खटिने प्रहरी अधिकृतहरुले परीक्षाको गोपनियतालगायत तोकिएको मापदण्ड पूर्णरुपमा पालना गरी आवश्यक पूर्व तयारी गर्नुपर्ने उल्लेख गर्दै प्रहरी महानिरीक्षक थापा क्षेत्रीले विगतका कमजोरी नदोहोरिने गरी संवेदनशील भई आफ्नो जिम्मेवारी वहन गर्न निर्देशन दिनुभयो ।

नियतवश हुने लापरवाही क्षम्य नहुने चर्चा गर्दै परीक्षा संचालनको लागि आवश्यक जनशक्ति एवं साधन स्रोतको व्यवस्थापनको लागि समयमै समन्वय गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । वरिष्ठ प्रहरी अधिकृतहरू समेतको उपस्थितिमा भएको उक्त कार्यक्रममा प्रहरी प्रधान कार्यालय यूएन शाखाका प्रहरी उपरीक्षक गंगा पन्तले प्रि–एएमएस परीक्षा संचालनको तयारीसम्बन्धी प्रस्तुतीकरण गर्नुभएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?