logo
२०८० चैत्र १५ बिहीवार



छात्राहरुलाई साइकल वितरण

शिक्षा |
समाज |


छात्राहरुलाई साइकल वितरण
साईकल वितरण गर्नुहुँदै नगरप्रमुख हरिप्रसाद मण्डलसहित शिक्षक, शिक्षिकाहरु । तस्विर - नागेन्द्रकुमार कर्ण



नागेन्द्रकुमार कर्ण
जलेश्वर, साउन २५ गते । महोत्तरी जिल्लाको मटिहानी नगरपालिकाको सिमरदहीमा रहेको लक्ष्मीनारायण माध्यमिक विद्यालयको कक्षा ९ मा अध्ययनरत छात्राहरुलाई साइकल वितरण गरिएको छ ।
‘बेटी पढाउ,ँ बेटी बचाउँ’ कार्यक्रम अन्तर्गत प्रदेश नं. २ सरकारद्वारा कक्षा ९ मा अध्ययनरत छात्राहरुलाई साइकल प्रदान गर्ने कार्यक्रम अन्तर्गत सो माध्यमिक विद्यालयमा साइकल वितरण गरिएको मटिहानी नगरपालिकाका नगरप्रमुख हरिप्रसाद मण्डलले जानकारी दिनुभयो ।
उहाँले सो माध्यमिक विद्यालयमा अध्ययनरत ४३ छात्राहरुलाई साईकल वितरण गरिएको बताउनुहुदै यसले छात्राहरुलाई विद्यालय आउन सहज हुने विश्वास व्यक्त गर्नुभयो ।
छात्राहरुलाई साईकल वितरण गर्नुहुँदै उहाँले शिक्षाप्रति छात्राहरुलाई आकर्षित गर्न साइकल वितरण कार्यक्रम गरिएको बताउनुहुँदै नगरपालिकाका सबै माध्यमिक विद्यालयमा कार्यक्रम गरिने जानकारी दिनुभयो ।
सो अवसरमा सो वडाका अध्यक्ष आविद हुसैन, मटिहानी नगरपालिकाका शिक्षा संयोजक चन्देश्वर साह, विद्यालयका प्रधानाध्यापक राजकिशोर चौधरीसहित शिक्षक, शिक्षिकाहरुको उपस्थिति थियो ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?