logo
२०८० चैत्र ६ मंगलवार



तनहुँमा निषेधाज्ञा साउन ३२ गते सम्मलाई थप

प्रदेश |


तनहुँमा निषेधाज्ञा साउन ३२ गते सम्मलाई थप
निषेधाज्ञाले सुनसान बनेको दमौलीस्थित सफा सडकलाइन । तस्विर–अमरराज नहर्की



अमरराज नहर्की
तनहुँ, साउन १९ गते । तनहुँमा कोभिड–१९ कोसङ्क्रमणको जोखिम कायमै रहेकाले निषेधाज्ञाको समयावधि थपिएको छ । जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रको मङ्गलबार बसेको बैठकले निषेधाज्ञाको समयावधि यही साउन ३२ गतेसम्मका लागि बढाउने निर्णय गरेको हो ।

प्रमुख जिल्ला अधिकारी सागर आचार्यको अध्यक्षतामा बसेको बैठकले बिहीबार राति सकिने निषेधाज्ञा साउन ३२ गतेसम्मका लागि थप गर्ने निर्णय गरेको सहायक प्रमुख जिल्ला अधिकारी चित्राङगत बरालले जानकारी दिनुभयो ।

‘‘तनहुँमा सक्रिय सङक्रमितको सङ्ख्या पाँच सय पुगेको छ, अवस्था नियन्त्रणबाहिर जाने जोखिम धेरै भएकाले निषेधाज्ञा थप गरिएको छं’’ सहायक प्रजिअ बरालले भन्नुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?