logo
२०८० चैत्र १५ बिहीवार



कान्द्रा नदीमा नुहाउने क्रममा दुई बालिकाको डुबेर मृत्यु , एक बेपत्ता

खुला |


कान्द्रा नदीमा नुहाउने क्रममा दुई बालिकाको डुबेर मृत्यु , एक  बेपत्ता


चाँदनी आचार्य
लम्की (कैलाली) साउन १५ गते । कैलालीमा नदीमा नुहाउने क्रममा डुबेर दुई बालीकाको मृत्यु भएको छ भने एक जना बालीका बेपत्ता भएकी छन् । भजनी नगरपालिका ९ डोड्डपुरस्थित कन्द्रा नदिमा शुक्रबार दिउँसो नुहाउने क्रममा सोही ठाउँका तीन जना बालिका डुबेर बेपत्ता भएका थिए ।
बेपत्ता मध्ये दुई बालिकालाई मृत अवस्थामा फेला पारिएको छ भने एक जनाको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा धनबहादुर सिंहकी नौ बर्षीया छोरी लक्ष्मी सिंह र राम फल चौधरीको सात बर्षीया छोरी जानु चौधरी रहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रतीक विष्टले बताउनुभयो । उहाँले बेपत्ता छ बर्षीया अनु सिंहको खोजी भइरहेको समेत जनाउनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?