logo
२०८१ बैशाख १३ बिहीवार



हुम्लाका २५ वटा विद्यालयमा पुरानै पाठ्यपुस्तकबाट पढाइ सुरु

शिक्षा |
प्रदेश |


हुम्लाका २५ वटा विद्यालयमा पुरानै पाठ्यपुस्तकबाट पढाइ सुरु


राजन रावत
हुम्ला, साउन १४ गते । दक्षिणी क्षेत्रको चंखेली गाउँपालिकाका विद्यालयमा नयाँ पाठ्यपुस्तक बिनै पठन पाठन सुरु भएको छ । कोरोना त्रास कम भएको निष्कर्ष निकाल्दै पुस्तक नआएको भएपनि गाउँपालिकाको निर्णय अनुसार गाउँपालिकाका सबै विद्यालयमा पुराना पुस्तकका आधारमा पठन पाठन सुरु भएको हो ।
बाल कल्याण प्राथमिक विद्यालयका प्रधानाध्यापक सुरेन्द्रबहादुर शाहीले नयाँ शैक्षिक सत्रको पठन पाठन सुरु भएपनि पाठ्य पुस्तक आई नपुगेको बताउनुभयो । गाउँपालिकाले विद्यालय सञ्चालन गर्ने निर्णय गरे अनुसार उहाँले हाल पुराना पुस्तकबाट गाउँपालिकाका सबै विद्यालयले पठन पाठन सुरु गरेको बताउनुभयो । पुराना पुस्तक भएका विधार्थीहरुले लिएर आउने तर नभएका विद्यार्थी खाली हात विद्यालयमा आउने गरेका छन् । कक्षामा शिक्षकले पुरानै पुस्तकका आधारमा पठन पाठन सुरु गर्नु भएको छ । उहाँले विद्यालय खुलेपछि बाध्य भएर शिक्षकहरु पुराना पुस्तकबाट पढाई सुरु गरि रहेको बताउनुभयो ।
यता गाउँपालिका उपाध्यक्ष बिमला शाहीले कोरोना त्रास कम भएको गाउँपालिकाले निष्कर्ष निकाल्दै विद्यालयमा पठन पाठन सुरु गर्ने निर्णय गरे अनुसार विद्यालय सुचारु भएको बताउनुभयो । नयाँ पाठ्य पुस्तक विद्यालयमा आई नपुगेको बताउदै उहाँले पुरानै पुस्तकका आधारमा पढाई भई रहेको बताउनुभयो । उहाँले पुस्तक ढुवानीको जिम्मा लिएको प्रगति पुस्तक पसलसँग समन्वय गर्दा ढुवानीमा समस्या आएको जवाफ आउने गरेको बताउनुभयो । उहाँले केही बाहेक अधिकाँस शिक्षक विद्यालयमा पुगि सकेको र विद्यार्थी संख्या पनि विद्यालयमा दैनिक रुपमा बृद्धि भई रहेको बताउनुभयो । पस्तक ढुवानी कर्ताले कक्षा छदेखि दशसम्मका पाठ्य पुस्तक जनक शिक्षा सामाग्री केन्द्रबाट बुझेको तर वर्षाको कारण सडक अबरुद्ध हुँदा ढुवानीमा समस्या भई रहेको जनाएको छ । चंखेली गाउँपालिकामा दुई वटा मावि र २३ वटा प्रावि, आधारभुत र बालशिक्षाका कक्षा गरि २५ वटा विद्यालयमा रहेका छन् । हुम्लाका सात वटा मध्य चंखेली गाउँपालिकाका विद्यालयमा पठन पाठन सुरु भएको छ भने ताँजाकोट गाउँपालिकाले साउन १५ गतेबाट सुरु गर्दैछ । तर अदानचुली, सर्केगार्ड, खार्पुनाथ, सिमकोट र नाम्खा गाउँपालिकाले विद्यालय सुचारु गर्ने कुनै निर्णय गर्न सकेको छैन । कोरोनाको कारण जिल्लामा जारी निशेधाज्ञा हटेको बेला विद्यालय पनि खुलाउनु पर्ने दवाब बढी रहेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?