logo
२०७८ असोज ९ शनिवार

दैनिक अध्यावधिक

image
1103

सङ्क्रमित

image
1550

निको भएका

image
9

मृत्यु भएका

मिति:आश्विन ८, २०७८ (१६:४१)
स्राेत:https://covid19.mohp.gov.np/



लण्डनमा लकडाउनविरुद्ध प्रदर्शन गर्नेहरू गिरफ्तार

अन्तर्राष्ट्रिय |


लण्डनमा लकडाउनविरुद्ध प्रदर्शन गर्नेहरू गिरफ्तार
तस्विर-एपी


लण्डन, साउन १० गते। बेलायतको लण्डनमा लकडाउनका विरुद्धमा प्रदर्शन गर्ने प्रदर्शनकारीहरूलाई प्रहरीले पक्राउ गरेको छ । प्रदर्शनका क्रममा प्रदर्शनकारी र प्रहरीका बीचमा केहीबेर झडपसमेत भएको थियो । झडपमा परी चार प्रहरी घाइते भएका छन् ।
स्थानीय समयअनुसार शनिबार भएको प्रदर्शनबाट प्रहरीले कम्तीमा ६ जनालाई गिरफ्तार गरेको अधिकारीहरूले जनाएका छन् । सामान्यतयाः प्रदर्शन शान्तिपूर्ण नै भए पनि एक जना प्रदर्शनकारीले प्रहरीलाई बोतल प्रहार गरेपछि प्रहरीले प्रक्रियास्वरूप आक्रमणकारीलाई नियन्त्रणमा लिन खोजेपछि झडप भएको प्रहरीको भनाइ छ ।
बेलायतमा कोरोनाभाइरसबाट सङ्क्रमित भएकाहरूको सङ्ख्या बढ्दै गएकाले सरकारले लकडाउनलाई पनि निरन्तरता दिँदै आएको छ । बेलायतमा पछिल्लो २४ घण्टामा कोरोनाभाइरसबाट सङ्क्रमितहरूको सङ्ख्या ३१ हजार ७९५ रहेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?