logo
२०८१ बैशाख ८ शनिवार



कक्षा १२ को परीक्षा साउन ३१ बाट

शिक्षा |


कक्षा १२ को परीक्षा साउन ३१ बाट


गोरखापत्र समाचारदाता

काठमाडौंँ, साउन ६ गते । कोरोना भाइरस ९कोभिड–१९० सङ्क्रमणका कारण स्थगित कक्षा १२ को अन्तिम वार्षिक परीक्षा साउन ३१ गतेबाट सुरु गरिने भएको छ । परीक्षा भदौ ९ गतेसम्म सञ्चालन हुनेछ । मङ्गलबार बसेको बोर्डको बैठकले परीक्षाको कार्यतालिकालाई स्वीकृत गरेको छ ।
बोर्डका अनुसार परीक्षा बिहान ११ बजेदेखि २ बजेसम्म सञ्चालन हुनेछ । विद्यार्थीलाई विद्यार्थीको भौतिक उपस्थितिमा परीक्षा सञ्चालन हुने र विगतको झैँ एक सय पूर्णाङ्कको लिखित परीक्षा लिइने भएको छ । यसअघि बोर्डले विद्यार्थीको भौतिक उपस्थितिमै परीक्षा सञ्चालन गर्न ९सीसीएमसी०सित अनुमति मागेको थियो । बोर्डले जारी गरेको एक सूचनाअनुसार सम्बन्धित विद्यालयमै परीक्षा केन्द्र पर्ने गरी विद्यार्थीले परीक्षा लिन पाउने व्यवस्था गरिएको छ ।
विद्यार्थीलाई सामाजिक दूरी कायम गराउने तथा स्वास्थ्य मापदण्डको समेत पालना गरेर परीक्षा लिइने जानकारी बोर्डले दिएको छ । कोरोना सङ्क्रमण बढेपछि गत जेठ २६ गतेबाट सुरु गर्ने योजना रहेको कक्षा १२ को अन्तिम वार्षिक परीक्षा सरकारले रोक्ने निर्णय गरेको थियो ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?