logo
२०८० चैत्र १६ शुक्रवार



सप्तरीमा मङ्गलबारदेखि सुरक्षा मापदण्डसहित विद्यालय खुल्दै

शिक्षा |


सप्तरीमा मङ्गलबारदेखि सुरक्षा मापदण्डसहित विद्यालय खुल्दै



देवरामप्रसाद यादव
सप्तरी, जेठ ३१ गते । कोभिड–१९ को सङ्क्रमण घटेसँगै सप्तरीका स्थानीय तहहरुले विद्यालय खोल्ने तयारी थालेको छ भने केही स्थानीय तहले मङ्गलबारबाट सामुदायिक विद्यालयहरु खोल्ने निर्णय नै गरिसकेको छ ।
पछिल्लो पटक हनुमाननगर कङ्कालिनी नगरपालिकाले मङ्गलबारबाट सामुदायिक विद्यालय र धार्मिक विद्यालयहरु खोल्ने निर्णय गरेको हो ।
नगरपालिकाले सूचना जारी गर्दै स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गरी विद्यालयहरु सञ्चालन हुने जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?