logo
२०८० चैत्र १६ शुक्रवार



अध्यक्ष ओली र नेता नेपालबीच छलफल सकियो, कार्यदल गठन

मुख्य समाचार |


अध्यक्ष ओली र नेता नेपालबीच छलफल सकियो, कार्यदल गठन


गोरखापत्र अनलाइन
काठमाडौं, जेठ २ गते । नेकपा एमालेको अन्तरिक समस्या समाधान गर्न दुबैतर्फबाट पाँच पाँच जना सदस्य रहने गरी कार्यदल गठन भएको छ । अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता नेपालबीच सिंहदरवारमा भएको छलफलमा सो सहमति भएको हो ।

कार्यदललाई तीन दिनको समय दिइएको छ । कार्यदलमा नेता सुवासचन्द्र नेम्वाङ्ग र भीम रावलले नेतृत्व गर्नुहुने वार्तापछि नेता नेपालले पत्रकारहरुलाइ जानकारी गराउनुभयो । कार्यदलका अन्य सदस्यहरूमा अध्यक्षका तर्फबाट, विष्णु पाैडेल, प्रदीप ज्ञवाली, शङ्कर पाेखरेल र विष्णु रिमाल रहनुभएकाे छ भने नेता नेपालका तर्फबाट घनश्याम भुषाल,गाेकर्ण विष्ट, सुरेन्द्र पाण्डे र रघुजी पन्त रहनुभएकाे उहाँले जानकारी दिनुभयाे । 

 

यो पनि हेर्नुहोस्

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?