logo
२०८० चैत्र १५ बिहीवार



भारतमा तीन लाख २९ हजार सङ्क्रमित, तीन हजार ८७६ को मृत्यु

अन्तर्राष्ट्रिय |


भारतमा तीन लाख २९ हजार सङ्क्रमित, तीन हजार ८७६ को मृत्यु
तस्विर-एएनआई


गोरखापत्र अनलाइन
काठमाडौं, वैशाख २८ गते । भारतमा तीन लाख २९ हजार ९४२ सङ्क्रमित थपिएका छन् । पछिल्लो दुई दिनमा कोरोनाका नयाँ सङ्क्रमित थपिने सङ्ख्यामा कमी आएको छ । गत चौबीस घण्टामा १८ लाख ५० हजार ११० जनाको परीक्षण गरिएको थियो ।
भारतीय समाचार संस्था एएनआईका अनुसार पछिल्लो चौबीस घण्टामा तीन हजार ८७६ सङ्क्रमितले ज्यान गुमाएका छन् । कोरोना सङ्क्रमणबाट भारतमा हालसम्म दुई लाख ४९ हजार ९९२ जनाको मृत्यु भएको छ । सोही अवधिमा तीन लाख ५६ हजार ८२ जना सङ्क्रमित निको भएका छन् ।
भारतमा हालसम्म दुई करोड २९ लाख ९२ हजार ५१७ ना सङ्क्रमित भएका छन् । एक करोड ९० लाख २७ हजार ३०४ कोरोनामुक्त भएका छन् । हाल ३७ लाख १५ हजार २२१ जना अझै सङ्क्रमित छन् ।
भारतको औषधी विज्ञान अनुसन्धान परिषद्का अनुसार हालसम्म ३० करोड ५६ लाख १८७ जनाको परीक्षण भएको छ ।
महाराष्ट्रमा अझै पाँच लाख ७१ ह्जार २६ जना सङ्क्रमित छन् । हालसम्म १७ करोड २७ लाख १० हजार ६६ जनाले कोभिड १९ विरुद्धको खोप लगाएका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?