logo
२०८० चैत्र १५ बिहीवार



बहुमतको सरकार गठनका लागि आह्वान गर्न राष्ट्रपतिसमक्ष आग्रह   

राष्ट्रिय |


बहुमतको सरकार गठनका लागि आह्वान गर्न राष्ट्रपतिसमक्ष आग्रह   
फाइल तस्बिर


काठमाडौँ, वैशाख २७ गते ।  प्रतिनिधिसभामा विश्वासको मत प्राप्त गर्न नसकी प्रधानमन्त्री केपी शर्मा ओली स्वतः पदमुक्त भएको जनाउँदै बहुमतको सरकार गठनको आह्वान गर्न प्रमुख तीन दलले राष्ट्रपतिसँग आग्रह गरेको छन् ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र्र यादवले आज संयुक्त वक्तव्य जारी गर्दै राष्ट्रपतिलाई संविधानको धारा ७६ (२) बमोजिम बहुमतको सरकारको आह्वान गर्न आग्रह गर्नुभएको हो ।    
    
‘ओली पदमुक्त भएकाले नेपालको संविधानको धारा ७६ को उपधारा २ बमोजिम प्रधानमन्त्री नियुक्त हुने गरी प्रक्रिया प्रारम्भ गर्न राष्ट्रपतिसँग आह्वान गर्दछौंँ’, तीन दलका नेताले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।    

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?