logo
२०८१ बैशाख १५ शनिवार



नेपाल स्काउटद्वारा ७५३ वटै पालिकामा स्काउट समिति गठन

शिक्षा |


नेपाल स्काउटद्वारा ७५३ वटै पालिकामा स्काउट समिति गठन


गोरखापत्र समाचारदाता
काठमाडौँ, वैशाख १५ गते । नेपाल स्काउटले देशका ७५३ वटै पालिकामा स्थानीय स्काउट समिति गठन गरेको छ । नेपाल स्काउटले वुधबार औपचारिक कार्यक्रमको आयोजना गरी समिति घोषणा गर्दै त्यसका संयोजकहरुको नामावली सार्वजनिक गरेको छ ।
स्थानीय स्काउट समितिमा गाउँपालिकामा ११, नगरपालिकामा १३, उपमहानगरपालिकामा १७ र महानगरपालिकामा १९ सदस्य रहनेछन् ।
नेपाल स्काउटका संयोजक लोकबहादुर भण्डारीले अब प्रत्येक स्थानीय समितिका पदाधिकारी प्रत्येक विद्यालयमा पुग्ने र त्यहाँ अध्ययनरत सबै विद्यार्थीलाई अनिवार्यरुपमा स्काउट सदस्य बनाइने बताउनुभयो । हाल देशका छ हजार विद्यालयका ७५ हजार विद्यार्थी स्काउटमा आवद्ध छन् । देशभरि करिब ३४ हजार विद्यालय छन् ।
उहाँले स्काउट समितिले विद्यालयका शिक्षकलाई र शिक्षकले विद्यार्थीलाई स्काउटसम्बन्धी प्रशिक्षण प्रदान गर्ने बताउँदै स्काउटमा आवद्ध गर्दा विद्यार्थी सिर्जनशील तथा सक्षम हुने दावी गर्नुभयो । समिति घोषणा कार्यक्रममा स्काउटका संयोजक भण्डारीले बन्दाबन्दीमा १५ हजार स्काउट परिचालन गरिएको र कोभिड–१९ का कारण मृत्यु भएकाहरुको शव व्यवस्थापन गर्न स्काउट अग्रपंक्तिमा रहेको बताउनुभयो ।

 

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?